प्रधानमन्त्री ओलीद्वारा आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त

  प्रकाशित मिति
१० पुष २०७७, शुक्रबार २१:२२


झापा, १० पुस । प्रतिनिधिसभा विघटन गरेको एकसाता नविदै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाएकी छिन् ।

नवनियुक्त मन्त्रीहरूमा टोपबहादुर रायमाझीले उर्जा र जलश्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै मणीचन्द्र थापाले खानेपानी मन्त्रालय, प्रभु साहले शहरी विकास मन्त्रालय, गौरीशंकर चौधरीले श्रम मन्त्रालय र दावा लामाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसबाहेक गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रेमबहादुर आले वन तथा भूसंरक्षण मन्त्री र जुलीकुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्।उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा विमला विश्वकर्मा छिन् ।

मन्त्रीहरूको जिम्मेवारी हेरफेर

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।

त्यसमा महिला तथा बालबालिका मन्त्री लीलानाथ श्रेष्ठले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमि व्यवस्था मन्त्री, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पर्यटन मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका छन् ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्याल कृषि मन्त्रीमा र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीमा स्थानान्तरण गरिएका छन् ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी विहीबार दिएका थिए ।

यसै हप्ताको सुरुमा संसद विघटनको विरोधमा प्रचण्ड नेपाल समूहका सात जना मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएको घोषणा गरेका थिए ।

अहिले प्रधानमन्त्रीले विगतमा पूर्व माओवादी पृष्ठभूमि रहेका र आफूलाई समर्थन गर्ने अनुहारहरूलाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन् ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: