प्रधानमन्त्री ओली आज गृहजिल्लामा

  प्रकाशित मिति
१८ बैशाख २०७५, मंगलवार ०९:२०


भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्ला समन्वय समितिको पहिलो सभालाई सम्बोधन गर्न मङ्गलवार गृह जिल्ला आएका छन् ।

प्रधानमन्त्री ओली मङ्गलवार चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको हलमा सुरु हुने समितिको पहिलो सभाको प्रमुख अतिथि बन्न झापा आउने भएका हुन् ।

नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहने जिल्ला सभामा ३० सदस्य रहने छन् भने सभाको अध्यक्षता जिसस प्रमुख सोमनाथ पोर्तेलले गर्ने छन् ।

कार्यक्रममा सहभागी हुन १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की समेत झापा आउने भएका छन् ।

झापा मन्त्रीमय बन्दै
आज झापामा ठूलो सङ्ख्यामा मन्त्रीहरुको जमघट हुँदैछ ।

सङ्घीय मन्त्रीमण्डलका प्रधानमन्त्रीसहित ४ जना र प्रदेशका ५ जना गरी झापामा कम्तीमा ९ जना मन्त्री आउँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्ला समन्वय समितिको पहिलो सभा र दमकमा गोल्ड कप उद्घाटन लगायतका विभिन्न कार्यक्रममा भाग लिन गृह जिल्ला आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै राजधानी काठमाडौँबाट सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र भौेतिक योजना तथा पूर्वाधार विकास मन्त्री रघुवीर महाशेठ आउने छन् ।

यसैगरी, प्रधानमन्त्री आउने भएकाले १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, अर्थ मामिला मन्त्री इन्द्र आङ्वो, सामजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुशियत झापा आउने बुझिएको छ ।

प्रधानमन्त्री ओली जिससको सभा लगायत विभिन्न विकास निर्माणको उद्घाटन र शिलान्याशका लागि दुई दिने कार्यक्रम लिएर झापा आउन लागेका हुन् ।

सङ्घीय तथा प्रदेश मन्त्रीहरु भिन्ना भिन्नै आफ्ना विभागीय कार्यक्रममा सहभागी हुने छन् ।

प्रधानमन्त्रीसहित थुप्रै मन्त्रीहरु एकैचोटी आउन लागेका कारण सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष तयारी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: