प्रधानलाई कुटेर मारेको अभियोगमा तीन जना पक्राउ

  प्रकाशित मिति
१५ मंसिर २०७७, सोमबार १९:०६


मेचीनगर, १५ मंसिर । मेचीनगर–४ स्थित आमडाँगीका ५० वर्षीय पूर्णबहादुर प्रधानलाई कुटेर मारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रधानलाई कुटेर मारेको अभियोगमा मेचीनगर–४ का दिवस लुङ्गेली, प्रेम भनिने बेमा दोर्जी तामाङ र विशाल तामाङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुनडाँगीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रधानको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो । आम्दा अस्पताल धुलावारीमा उपचारका क्रममा गएराति प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रधानको मृत्यु लगत्तै कुटपिटमा संलग्नहरुलाई सोहि राती नै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: