प्रभातफेरि२१ औं राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

  प्रकाशित मिति
२ माघ २०७५, बुधबार १०:१२


भद्रपुर । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार विहान चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यालयहरुका प्रमुख, कर्मचारीहरु, भद्रपुर नगरपालिकाकी उपप्रमुखलगायत सहभागी प्रभातफेरिमा ‘घटाऔं भूकम्पको खतरा जागरुक भै, आउला भूकम्प भत्काउला घर, जीउ धन जोगाउने हाम्रो कर, सस्तो सुलभ बैज्ञानिक प्रविधिको विकास गरौं’लगायतका नारा लेखिएको प्ले कार्ड बोकिएको थियो ।

प्रदेश सांसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा वि.सं. १८९० देखि २०७२ साल सम्ममा भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिबारे कार्यपत्र गरेका थिए ।

त्यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख ई. विदुर खड्काले कमजोर भवन बनाउँदा पुग्ने क्षति र एक वा डेढ तलाको भवनको नक्सा पास गरेर सात तलाको भवन बनाउँदा हुने क्षतिको बारेमा गराएका थिए ।

उनले भूकम्पबाट क्षति न्यूनीकरण गर्नका लागि अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसारका भवन बनाउन समेत आग्रह गरे ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: