प्रभावकारी सार्वजनिक भाषण कला

  प्रकाशित मिति
१३ भाद्र २०७३, सोमबार १९:०५


27 gyanendra niraula
सार्वजनिक कार्यव्रmममा होस् वा पारिवारिक जीवनमा, प्रभावकारी वाचनकला नितान्त आवश्यक पर्दछ । आफ्नो भनाइप्रति कसैको चासो नरहेको खण्डमा वक्ताले ज्यादै खिन्न र निराशाजनक परिस्थितिको सामना गर्नुपर्छ । सार्वजनिक व्यक्तित्वका हकमा भाषण प्रभावकारी नभएको खण्डमा उसले त्यस सभामा स्रोतागणलाई दिन खोजेको नीतिगत तत्वहरु दिन असमर्थ बन्दछ र व्यक्तित्व विकासमा प्रत्यक्ष अवरोध आएको महसुस गर्नुपर्दछ । पारिवारिक जीवनमा पनि भनाइमा प्रभावकारिता नभए कसैले नटेर्ने अवस्था आइपर्न सक्छ । संसारका धेरै राजनेताहरु उनीहरुको भाषण शक्तिमा रहेको गहन प्रभावकारिताले नै उन्नतिको शिखर चुम्न सफल भएको उदाहरण पाउन सकिन्छ । तसर्थ, थोरै बोल्ने तर प्रभावकारी ढङ्गबाट बोल्नु बुद्धिमानी हुने तथ्य सर्वस्वीकार्य छ ।

उद्देश्य
कुनैपनि सभा÷समारोहमा असल वक्ताको रुपमा प्रस्तुत हुने आत्मविश्वासको विकास गर्न ।
भाषणको तयारी
कुनैपनि कार्यको थालनी पूर्व हामीले योजना तर्जुमा गर्नु पर्छ । योजना विनाको कार्य धेरै हदमा असफल हुने सम्भावना रहन्छ । सार्वजनिक भाषण प्रभावकारी बनाउन निम्नानुसार गर्नु उपयुक्त हुन्छ –
क) आफूले बोल्ने बिषयमा गहन अध्ययन गर्नुपर्छ ।
ख) आफ्ना विचारलाई सिलसिला मिलाइ प्रस्तुत गर्नु पर्दछ जस्तै ः विषय प्रवेश, भूमिका,
मुलभूत कुराहरु र समाप्ति ।
ग) समय, काल, परिस्थितिको विचार गरी भाषण तयार गरी पूर्वाभ्यास गर्नु पर्दछ ।
घ) भाषणको मुख्य बुँदाहरु सानो चिटमा टिपोट गरी साथै लिई जाने ताकी प्रसङ्ग मेल नखाने परिस्थिति सिर्जना हुनासाथ टिपोटको सहयोग लिने ।
ङ) भाषणलाई मुखाग्र बनाउनेतर्फ नलागी मुलभूत विषय स्मरण गर्नु पर्दछ ।
च) टिपोट सानो र चुस्त आफूले बुझ्न सकिने बनाउनु पर्छ ।
प्रस्तुतिकरण ः

प्रस्तुतिकरणमा नै तपाईंको भाषणको सही मूल्याङ्कन हुने हुनाले दृढ प्रारम्भ एवम् समापन र विषयवस्तुलाई समय सापेक्ष बनाउन निम्न कुरामा ध्यान दिनुपर्छ –

क) दृढ सङ्कल्पका साथ मञ्चमा जाने ।
ख) सर्वप्रथम स्रोतागणतर्फ दृष्टि राख्ने ।
ग) स्रोताको ध्यान आफूतिर आकर्षित गर्ने उपायहरु अवलम्वन गर्ने, जस्तै ः लोकोक्ति वा कविता सुनाउने लगायत ।
घ) हरक्षण हाँसेर वा मुस्कुराएर भाषण सुरु गर्नु पर्दछ ।

शारीरिक स्थिति ः
भाषण गर्ने व्रmममा शाब्दिक प्रस्तुतिकरणको साथमा वक्ताको शारीरिक स्थितिको पनि मूल्याङ्कन हुने गर्दछ । स्रोतालाई वक्ताको कुशल सन्देशका साथ शारीरिक अनुशासन र सरलता प्रदर्शन गर्नु पर्दछ ।
क) आँखा ः आँखाको भाषाले पनि धेरै कुराहरु बुझाउन सकिने हुनाले वक्ताले आँखा स्रोतागण सबैमा पु¥याइ स्रोतागणको स्तर निर्धारण स्वयम्ले गर्न सकिन्छ । तसर्थ, घोसे मुन्टो नलगाइ दर्शक दीर्घाको चारैतर्फ आँखा पु¥याउनु पर्दछ ।
ख) खुट्टा ः एउटा खुट्टा केही अगाडि र दुवै खुट्टा केही इन्चको दुरीमा राख्नु पर्दछ ।
ग) हात ः हात सहज स्थितिमा भाषणको व्रmममा संकेत गर्न सजिलो हुने अवस्थामा राख्नु पर्दछ ।
घ) अनुहार ः अनुहार प्रफुल्ल र हँसिलो एवम् सजग हुनु पर्दछ ।
ङ) शरीर ः समग्र शरीर स्रोतागणतर्फ केही झुकेको अवस्थामा हुनु पर्छ ।
छ) कपडा ः पहिरन भड्किलो नभइ सरल र सफा हुन पर्दछ ।
छ) हाउभाउ ः वक्ताले हरसमय आफ्नो शारीरिक हाउभाउलाई स्वाभाविक अवस्थामा राख्नु पर्दछ । वनावटी र अस्वाभाविक हाउभाउ कदापी गर्नु हुँदैन । संकेतको उपयोगमा सुधार आवश्यक छ छैन भनी आफ्ना शुभचिन्तकबाट रचनात्मक सुझाव सङ्कलन गरी यथोचित सुधार ल्याउने गर्नु पर्दछ ।
ज) खल्ती (गोजी) मा हात राखेर कहिल्यै भाषण गर्नु हुँदैन ।
झ) हातले कुनै चीज वस्तु खेलाउने गर्नु हुँदैन, जसले तपाईंको प्रस्तुति अस्वाभाविक बनाओस् ।
ञ) शरीर अघिपछि नहल्लाउने, नाक, कान, टाउको कन्याउने गर्नु हँुदैन ।
ट) स्रोता वर्गलाई आफ्नो भनाइको अर्थ बुझाउन स्वर, बल र विराम समुचित ढङ्गबाट प्रयोगमा ल्याई आवाजलाई आवश्यकता अनुसार भिन्नता ल्याउनु पर्दछ । बल, विराम र अर्ध विराम सही ठाउँमा प्रयोग नभएको खण्डमा अर्थको अनर्थ पनि लाग्न सक्ने हुन्छ । त्यसैले सतर्कतापूर्वक भाषण गर्नु पर्दछ ।
समापन ः
क) समापनको पूर्वाभास स्रोतालाई दिनु पर्दछ ।
ख) भाषणका अन्तिम शब्दहरु स्रोतागणमा मननीय हुने हुनाले सारांश सुदृढ ढङ्गबाट प्रस्तुत गर्नुपर्दछ ।
ग) भाषणको समाप्ति समयमा गर्नु पर्दछ ।
घ) अन्त्यमा शिष्ट र सभ्य शब्दावली प्रयोगमा ल्याउनु पर्दछ ।

स्रोतागण के चाहन्छन् ः
क) मृदु भाषा, सरल वाक्य, स्पष्ट विचार र धारा प्रवाह प्रस्तुति ।
ख) विचार सन्देशको बाहुल्यभन्दा मौलिक सरल र छोटो वाक्यको प्रयोग ।
ग) समयको पावन्दी उल्लङ्घन नभएको अनुुभूति ।
घ) विश्वसनीय प्रतिबद्धता र अनुकरणीय शैली ।
ङ) बिषयवस्तुमा शीघ्र प्रवेश र इमान्दारिता ।
च) स्रोत र साधनको समुचित प्रयोग ।

स्रोतागण के चाहदैनन् ः
क) अस्पष्ट र धेरै मसिनो स्वर तथा लामो भूमिका ।
ख) एउटै शब्द एवम् प्रसङ्गको पटक–पटकको उच्चारण ।
ग) अनावश्यक तर्क र अप्रासङ्गिक शब्द भण्डारको प्रयोग ।
घ) समयको ख्याल नगरी आडम्वर छाँट्नु ।
ङ) उत्तेजनात्मक ढङ्गबाट अतिशयोक्तिपूर्ण भनाइ ।
च) मातृभाषाको प्रयोगमा कन्जुस्याइँ ।

प्रभावकारी सार्वजनिक भाषण दिने वक्ताले जहिले पनि आफू कति समय बोल्ने, स्रोताहरुको सङ्ख्या कति छ र कुन समूहको उपस्थिति छ भन्ने कुरा सुरुमै विचार पु¥याउनु पर्दछ । आफू अघि वा पछि के कस्ता व्यक्तिको सहभागिता हुँदैछ वा भयो, सो समेतको मध्यनजर राख्नु पर्दछ । यसरी हामीले आफ्नो भाषणलाई प्रभावकारी बनाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: