प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार न्यौपानेलाई

  प्रकाशित मिति
११ पुष २०७७, शनिबार १९:०८


झापा, ११ पुस । नेपाल निजामति कर्मचारी संगठन झापाले ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपानेलाई पुरस्कृत गरेको छ ।

एपीवान टेलिभिजनका झापा व्युरो प्रमुख समेत रहेका न्यौपानेलाई शनिबार जिल्ला समन्वय समितिमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ।

भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता विरुद्ध निरन्तर कलम चलाउँदै आएका पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।

पत्रकारिताको माध्यमबाट अविच्छिन्न रुपमा समाज रुपान्तरणमा गरेको योगदानको कदर गर्दै अग्रज पत्रकार न्यौपानेलाई पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलले बताए । पुरस्कारको राशि ७ हजार सात सय ७७ रुपैयाँ छ ।

पत्रकार न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बसन्त बानियाँ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव चेतनाथ न्यौपाने, पेशागत महासंघका प्रदेश इन्चार्ज देवराज कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष बशिष्ठ अधिकारीले नगदसहित पुरस्कृत गरेका हुन् ।

यसवर्षको उत्कृष्ट राष्ट्रसेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी पुण्य बराललाई पुरस्कृत भएका छन् । उत्कृष्ठ राष्ट्रसेवक कर्मचारी पुरस्कारको राशि १० हजार एकसय एकाउन्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: