दमक, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार बिहान झापाको दमकमा पूर्व–पश्चिम राजमार्ग सरफाइ राष्ट्रिय अभियानको उद्घाटन गरेका छन् ।
सरसफाइ अभियानमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले सुन्दर तथा समृद्ध मुलुक बनाउन सरसफाइ नै पहिलो कडी भएको बताए । उनले अब मुलुकलाई सुन्दर बनाउन झापाबाट यो अभियानले निरन्तरता पाउने बताए ।
गत पुस ९ गतेदेखि विहीबारसम्म सञ्चालन भएको अभियानको समापनको अवसर पारेर आयोजना गरिएको सो राजमार्ग सरसफाइ कार्यव्रmममा कानुन तथा न्याय संसदीय व्यवस्था मन्त्री अग्नी खरेल, स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
अभियानमा सरसफाइदूत कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेलगायतको सहभागिता रहेको थियो ।
दमक बहुमुखी क्याम्पसको ३५आँै स्थापना दिवसलाई उद्घाटन गर्न विहीबार बिहान आफनो गृहक्षेत्र आएका प्रम ओलीले सोही अवसरमा दमकस्थित पूर्वपश्चिम राजमार्गमा निर्माण हुनलागेको आकासे पुलको शिलान्याससमेत गरेका छन् । दुई करोड चार लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो आकासे पुलको प्रधानमन्त्री ओलीले वैदिक विधिअनुसार शिलन्यास गरेका छन् । आगामी २०७३ चैत २८ गतेभित्र निर्माण सम्पन्न हुने सो आकासे पुल राजधानी बाहिरको पहिलो भएको बताइएको छ ।
‘कन्काई प्रवीण’ निर्माण सेवाले ठेक्का पाएको सो पुल बनाउन गत जेठमा नै दमक नगरपालिकाले ३२ लाख रुपेयाँ पेश्कीसमेत दिएको तथा काम समयमा नै पूरा हुने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री ओलीले विहीबारै धरमपुरस्थित कमलखोलामा निर्माण भएको पक्की पुलको उद्घाटनसमेत गर्दै गर्नेछन् । यसैगरी प्रधानमन्त्री ओलीले विहीबार नै दमक बहुमुखी क्याम्पसको ३५आँै स्थापना दिवसलाई सम्बोधन गर्ने कार्यव्रmम रहेको छ ।
यस्तै दमकस्थित आम्दा अस्पतालको आइसियू भवनको शिलन्यास गर्ने कार्यव्रmम तय भएको छ । यसरी नै दमक नगरपालिकाको निर्माण हुन लागेको कार्यालय भवनको सिलान्यास गर्ने कार्यव्रmम समेत रहेको छ ।