झापा, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली ‘वातावरण मैत्री राष्ट्रिय अभियानमा मङ्लबार साइकल चढेर सहभागी भएका छन् ।
उनलाई जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा साइकल हस्तान्तरण गरेका थिए ।
‘थोपा थोपा इन्धन बचाउन र वातावरण मैत्री राष्ट्रिय अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दै आएको छ ।
प्रधानमन्त्री ओली केहीबेर साइकल चढेर अभियानमा सहभागी भए । मन्त्री पासवानले मुलुकले इन्धन आपुर्तिको सङ्कट खेपिरहेका बेला सो अभियानले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने बताए ।
उनले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोही प्रकारका साइकल हस्तान्तरण गर्ने जानकारी दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।