झापा, २३ असोज । नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाई (खनुपरुदे)को निधन कोरोना सङ्क्रमणबाट भएको हो ।
काठमाडौंको ओम अस्पतालमा दिउँसो डेढ बजेतिर ९९ वर्षको उमेरमा उनको निधन भएको नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई छ दिन अघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।