प्रसाईद्वारा दुईसय कार्टुन पानी वितरण

  प्रकाशित मिति
१५ चैत्र २०७६, शनिबार १९:४४


बुट्टाबारी । बिर्तामोडका एक युवा समाजसेवीले स्वास्थ्यकर्मी, बालबालिका र प्रहरीलाई दुईसय कार्टुन पानी वितरण गरेका छन् ।

बिर्तामोडका हरि प्रसाईंले एचएमएन फुड एण्ड भेवरेज इन्ड्रेस्टिजद्वारा उत्पादित तृष्णा मिनिरल वाटर नामक उक्त संख्यामा पानी वितरण गरेका हुन् ।

अर्जुनधारा–११ को बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहका, अपाङ्ग सरोकार केन्द्रका बालबालिका, अर्जुनधारा र बिर्तामोडका स्वास्थ्यकर्मी तथा प्रहरीहरुलाई पानी वितरण गरिएको गायक तथा सरसफाइ अभियान्ता गणेश ढुंगानाले जानकारी दिएका छन् ।

स्थानीय क्वारेन्टाइन स्वास्थ चौकी, शनिश्चरे प्रहरी चौकी, बिर्तामोड इलाका प्रहरी कार्यालय बिर्तामोड, बसपार्क प्रहरी बिट, बुट्टाबारी प्रहरी बिट, डिउटिमा खटिएका प्रहरी जवान लगायत स्वास्थकर्मीहरुलाई पानी बितरण गरिएको उनले बताए ।

त्यसैगरी, बुट्टाबारी ब्यवसायी संघका अध्यक्ष डिल्लीराम चापागाईं, ब्यवसायी भुपेन श्रेष्ठ लगायतले पनि पानी र ढुवानीका लागि गाडीको ब्यवस्थापन गरेको पत्रकार रञ्जित परियारले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणले अक्रान्त भएका बेला नेपालमा पनि त्यसको संक्रमण भेटिन थालेको छ । शनिबारसम्म पाँच जनालाई यसको संक्रमण भेटिएपछि गत चैत ११ गतेदेखि शुरु लकडाउन थपिने सम्भावना बढेको छ ।

विहानबेलुका मजदुरी गरेर छाक टार्ने अति विपन्न मजदुरहरुको परिवारलाई सरकार र विभिन्न संघसंंस्थाहरुले राहतका कार्यक्रमहरु अघि बढाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: