प्रसाईलाई कोइरालाको बधाइ

  प्रकाशित मिति
२६ जेष्ठ २०७४, शुक्रबार १२:०१


मेचीनगर । नेकपा एमालेले मेचीनगरको मेयर पदमा प्रदेश नं. १ का सदस्य एवम् जुझारु नेता विष्णु प्रसाईलाई उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बुधवार अबेरसम्म बसेको केन्द्र, प्रदेश र जिल्लाका शीर्ष नेताहरुको बैठकले प्रसाईलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

प्रसाईको नाममा नेताहरुविच सहमति भए पछि मेचीनगरमा मेयरमा कसलाई उम्मेद्वार बनाउने भन्ने हप्तौदेखिको विवाद साम्य भएको छ ।
मेयर पदका लागि पार्टीका जिल्ला सचिवालय सदस्य एवम् प्रभावशाली युवा नेता गोपाल बुढाथोकीको दावी थियो ।

विहीवार विहानैदेखि प्रसाई मेयरको उम्मेद्वारको रुपमा मतदाता तथा पार्टी कार्यकर्ता समक्ष प्रस्तुत भए । विहानै बाहुनडाँगी पुगेका उनले मतदातासमक्ष मत माग्न भ्याए भने शुभेच्छुक तथा पार्टी पङ्तिबाटै आएको बधाइ तथा शुभकामनाको सन्देश फोनमा ग्रहण गर्न उनलाई भ्याइनभ्याइ भएको थियो ।

नेकपा एमालेका झापा इञ्चार्ज रविन कोइराला लगायतले उनलाई बधाइ दिएका छन् । ‘जसरी हिजो मलाई सांसद पदमा उम्मेद्वार बन्दा तपाईले दिलोज्यानले सहयोग गर्नु भएको थियो’, इञ्चार्ज कोइरालाले बधाइमा भनेका छन्–‘अब म तपाईलाई जिताउन काँध हाल्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: