प्रसाई र कोइरालातिर हेर्दै ओलीले भने–‘काँकरभिट्टातिर बाहेक पार्टी हारेको छैन’

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १६:४३


विर्तामोड, २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको मेचीनगरमा पार्टीले गत स्थानीय चुनावमा व्यहोरेको हारको प्रसंगमा पनि बोलेका छन् ।

विर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले आगामी चुनावमा जित्ने गरी तयारी थाल्न निर्देशन दिए।

‘स्थानीय चुनावमा हाम्रो पार्टी हारेको प्रसंग पनि उठ्यो,’ ओलीले मञ्चमा रहेका प्रदेश नं. ३ का निवत्र्तमान प्रदेश प्रमुख विष्णु प्रसाई र नेकपा एमालेका जिल्ला इञ्चार्ज रविन कोइरालातिर हेर्दै भने–‘तर काँकरभिट्टातिर बाहेक अन्यत्र पार्टी हारेको छैन ।’

मेचीनगरको स्थानीय चुनावमा प्रसाई नगर प्रमुख पदमा नेकपा एमालेका तर्फबाट उम्मेद्वार थिए । उनी नेपाली कांग्रेसका उम्मेद्वार विमल आचार्यसँग पराजित भएका थिए ।

ओलीले मेचीनगरको चुनावलाई निकै महत्व दिएका छन् । उनले प्रसाई र कोइरालालाई आउँदो चुनाव मिलेर जित्न सन्देश दिन खोजेको एमाले नेताहरुले चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: