प्रसिद्ध गायिका लता मंगेशकरको निधन

  प्रकाशित मिति
२३ माघ २०७८, आईतवार ११:०५


झापा, २३ माघ । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।
‘स्वर कोकिला’ उपनामले चिनिने उनको ९२ वर्षको उमेरमा आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा बिहान मंगेशकरको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

लताको निधनको खवरले बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्डहरु प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: