बिर्तामोड । झापाको विर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
मृत्यु हुनेमा अर्जुनधारा ५ निवासी नरेश थापा रहेका छन् । लक्ष्मण शिवाकोटीको हत्यारा पत्ता लगाउन प्रहरीले वेवास्ता गरेको भन्दै गरिएको आन्दोलदनमा दर्जन बढी घाइते भएका छन् ।
गोली लागेर घाइते हुनेहरुमा राजगढका सुनिल पाठक र माइ नगरपालिका १ इलामका मणि नेपाली रहेका छन् ।
घाइते पाठकको विएण्डसी अस्पताल विर्तामोड र कोखामा गोली लागेका तथा मणि नेपालीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
यस्तै भागदौडका क्रममा मेनपाका अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधाराका पुण्य प्रसाद लुइटेल को वि.एण्ड सी अस्पताल र देवानन्द राजवंशीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
यस्तै आन्दोलनकारीको ढुङ्गा लागेर शसस्त्र प्रहरीका एस.पी रमेश सुवेदीसहित ३२ जना घाइते भएको प्रवक्ता बस्नेतको भनाई छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १ः३० बजेबाट स्थानीय प्रशासनले लगाएको कर्फयु भने जारी रहेको प्रहरीले जनाएको छ ।