प्रहरीद्वारा वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक

  प्रकाशित मिति
४ श्रावण २०७७, आईतवार २०:१३


मेचीनगर । जिल्ला प्रहरी कार्यालय झापाले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार चन्द्रगढीमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

विगत वर्षभन्दा २०७६÷७७ मा गरेका काम कारवाहीमा प्रगति गरेको जनाएको छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले भौगोलिक क्षेत्र अनुसार मुद्धा दर्ता, आत्महत्या सम्बन्धि घटना, यौनजन्य सम्बन्धि अपराध, लागुऔषध सम्बन्धि अपराध, ठाडो उजुरी, अवैध चोरी तस्करी नियन्त्रण, महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, नगरपालिका तथा गाँउपालिकाको न्यायिक समितिमा परेका उजुरीको विवरण, सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापन र फैसला कार्यान्वयनका बारेमा अघिल्लो वर्षसहितका विवरणका आधारमा समीक्षा गरेका थिए ।

एसपी कोइरालाले तीन वर्षमा ४ हजार ३ सय २१ वटा मुद्दा दर्ता भएको जानकारी दिए । तीन वर्षको तथ्याङकमा गएको आ.व मा मुद्दा दर्ताको संख्या घटेको छ ।

कोभिड–१९ को रोकथाम तथा न्यूनिकरणको लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएका सचेतनामुलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती,चेकजाँच, मानसिको चेतनाको स्तरमा बृद्धि, प्रहरीको सक्रियता आदिका कारण मुर्दा दर्ताको संख्या घट्दै गएको एसपी कोइरालाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: