मेचीनगर, २७ कार्तिक । झापाको विभिन्न स्थानबाट एकहप्ता अवधिमा पक्राउ गरेको २० लाख भन्दाबढीको पटाका आज जिल्ला प्रहरी कार्यालय झापाले नष्ट गरेको छ ।
बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला प्रहरी कार्यालयले कार्यालय परिसरमै खाल्डो खनेर उक्त परिमाणको पटाका नष्ट गरेको हो ।
जिल्लाका विभिन्न सीमा नाकाबाट प्रहरीले कार्तिक २३ गतेदेखि विहीबारसम्म बरामद् गरिएको पटाका नष्ट गरेको एसपी कृष्ण कोइरालले बताए । उनका अनुसार २० लाख ३१ हजार ५ सय रुपैयाँ मुल्य बराबरको पटाका नष्ट गरिएको दावी गरे ।
जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी कार्यालयहरुले सूचनाका आधारमा नेपाल ल्याउदै गरेका पटाका बरामद गरेका थिए ।
यसअघि पनि प्रहरीले जिल्लाको विभिन्न सीमा नाकाबाट नेपाल भित्राउँदै गरेका ठुलो परिमाणका पटाका वरामद गरेको थियो ।