प्रहरीमाथि भारतीयबाट अर्को आक्रमण प्रयास

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार २३:१३


कचनकवल । झापाको कचनकवल गाउँपालिका–१ को सीमा नजिकै रहेको शसस्त्र प्रहरीको अस्थायी पोष्टमा आएर भारतीयहरुले विना कारण होहल्ला गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेकोे छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले कचनकवल–१ को १२५÷१० नम्बरको पिलर नजिकैको प्रहरीको अस्थायी पोष्टमा भारतीयहरु आएर होहल्ला गरेपछि एक राउण्ड हवाई फायर गर्नु परेको बताए ।

शनिबार राति ७ वजेतिर हुलहुज्जतसहित आएको भारतीयलाई एक राउण्ड हवाई फायर गरेपछि तित्तरवितर भएको उनको भनाई छ ।

भारतीयहरु भागेपछि अहिले उक्त ठाउँ शान्तिपूर्ण अवस्थामा रहेको एसपी कोइरालाले जानकारी दिए ।

यसअघि पनि झापा गाउँपालिकाको सीमा नाकामा भारतीयहरु आएर प्रहरी र नेपालीहरुलाई आक्रमण गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: