प्रहरीलाई साथी ठान्न एआईजीको आग्रह

  प्रकाशित मिति
९ चैत्र २०७२, मंगलवार ०५:११


prahari

विर्तामोड । विकृतिमुक्त समाज निर्माणका लागि झापाबाट विशेष अभियानको सुरुवात गरिएको छ  । प्रहरी र नागरिक बिचको सहकार्यमा सामाजिक अपराधविरुद्धको जनचेतनामूलक अभियान थालनी गरिएको हो ।

लागुऔषध दुव्र्यसन, मानव बेचबिखन तथा महिला बालबालिका हिंसा विरुद्धको वृहत् अभियान देशैभर सञ्चालन गर्ने सोमवार विर्तामोडमा आयोजित कार्यव्रmमका सहभागीले उद्घोष गरेका छन् । अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र जिल्लाभरका सामुदायिक प्रहरी केन्द्रहरूको संयुक्त आयोजनामा भएको कार्यव्रmमका सहभागीले समुन्नत समाज निर्माण गर्न सामाजिक विकृति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यव्रmममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले सामाजिक अपराध न्यूनीकरण प्रहरी प्रशासनको एक्लो प्रयासबाट मात्र सम्भव नहुने बताए । उनले नागरिकको सहकार्यमा विकृति अन्त्य गर्न सकिने भएकाले नागरिकलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे । ‘नेपाली नागरिक प्रहरीभन्दा अगाडि छन्’, उनले भने, ‘त्यसैले नागरिकसँग हातेमालो गरी अघि बढ्नुपर्छ ।’

प्रहरीलाई राम्रो र नराम्रो बनाउने दायित्व नागरिककै भएको चर्चा गर्दै शर्माले प्रहरी सङ्गठनमा पनि बेथिति रहेको स्वीकार गरे । ‘हामीभित्र पनि खराबी छ’, उनले भने, ‘केही त्यस्ता व्यक्तिले (प्रहरी) ले समाजमा दुःख दिइरहेका छन्, बद्नाम गरेका छन्, ती प्रहरी होइनन्, ती अपराधी हुन् ।’ प्रहरी सङ्गठन जति बलियो भए त्यति नै लोकतन्त्र मजबुद हुने उनको भनाइ छ । प्रहरीलाई आफ्नो साथीको रुपमा हेरिदिन आग्रह गर्दै शर्माले प्रहरी र न्यायालयलाई स्वस्थ र सक्षम राख्नुपर्नेमा जोड दिए ।

पूर्वक्षेत्रीय प्रहरी प्रमुख केशरीराज घिमिरेले समाजमा देखिएका विकृतिलाई खुलेरै विरोध गर्नुपर्ने बताए । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबै नागरिकको भूमिका प्रहरी जस्तै हुनुपर्ने बताए । उनले नागरिक र प्रहरीको संयुक्त सहयोगबाट मात्र समुन्नत र सभ्य समाज निर्माण गर्न सकिने बताए ।

कार्यव्रmममा झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, राजनीतिक दलहरूको तर्फबाट एमाओवादी झापाका कार्यवाहक अध्यक्ष राजु आचार्य, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, सामुदायिक प्रहरी सेवा केन्द्रका डिल्ली घिमिरे, सारदा रिजाल लगायतले बोलेका थिए ।

सोही अवसरमा ‘पश्चाताप’ र ‘इजलाशको फैसला’ नाटक मञ्चन गरिएको थियो भने चर्चित हाँस्य कलाकार विल्सनविव्रmम राईले आफ्नो प्रस्तुत दिएका थिए । कार्यव्रmममा हाँस्य कलाकार राई, देवीप्रसाद सङ्ग्रौला, माधव कल्पित, कविता पोर्तेल लगायतलाई सम्मान गरिएको थियो । कार्यव्रmम संयोजक अर्जुन मैनालीको अध्यक्षतामा भएको कार्यव्रmममा जिल्लामा सव्रिmय सङ्घसंस्थाका प्रतिनिधि व्यानरसहित सहभागी भएका थिए । उद्घाटन कार्यव्रmम अघि आयोजित र्यालीले विर्तामोड नगर परिव्रmमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: