प्रहरीले गर्यो ११ करोड बढी राजस्व संकलन

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार १३:५७


झापा, ३० मंसिर । प्रदेश नम्बर १ का १४ जिल्लाबाट आर्थिक बर्षको पहिलो चौमासिकमा प्रहरी कार्यालयले रु. ११ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।

प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी नायव महानिरीक्षक तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीचको कार्य सम्पादन प्रभावकारी कार्यान्वयन हुँदा दुई हजार १०७ वटा मुद्दा दर्ता भई सोबाट राजस्व सकंलन भएको हो ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैद्य दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार सो सफलता हात लागेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता कबिन्द्रकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार चालु बर्षका चार महिनामा बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तान हुँदा एक करोड ११ लाख ३३ हजार ६९ संकलन भएको हो ।

यसैगरी भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने ३८ जनाबाट ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ, नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ९६ जना र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई कारवाही गर्दा ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ ।

अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिससहित १२८४ क्यू.फिट. काठ बरामद गरी रु. १४ लाख, ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: