प्रहरी कार्यालयमा ‘डिसइन्फेक्सन टनेल’

  प्रकाशित मिति
११ बैशाख २०७७, बिहीबार ०८:५०


टनेल हस्तान्तरण कार्यक्रममा प्रजिअ उदय राना, जिल्ला प्रहरी प्रमुख कृष्ण कोइरालालगायत ।
टनेल प्रदान गर्ने मेची अभियानका प्रतिनिधिहरु ।

काँकरभिट्टा । कोभिड–१९ को सङ्क्रमण रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रवेशद्वारमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ ।

नागरिकस्तरमा गठित मेची अभियानले निर्माण गरेर सो टनेल प्रहरीलाई हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए । दुवै टनेल प्रहरी कार्यालयको प्रवेशद्वारमा राखिएको छ ।

ज्यानको पर्वाह नगरी कोभिड १९ को सङ्क्रमण रोक्न अग्रपङ्तिको सुरक्षामा खटिएका प्रहरीलाई स्प्रेमार्फत भाइरसको जोखिमबाट जोगाउन टनेल बनाएर हस्तान्तरण गरिएको अभियानका संयोजक डालमियाले बताए ।

टनेल निर्माणमा काँकडभिट्टाका ६ वटा सहकारी संस्था र काँकडभिट्टा खानेपानी उपभोक्ता संस्थाले सहयोग गरेका छन् । यसअघि अभियानले मेची अञ्चल अस्पतालमा समेत यस्तै टनेल जडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: