प्रहरी चौकी निर्माणमा जुट्दै स्थानीय

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार ११:२७


खुदुनाबारी । शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले प्रहरी चौकी निर्माणमा खुदुनाबारीबासी जुटेका छन् । स्थानीयबासीहरुले प्रहरी चौकीको माग उठाएपछि राजनीतिक दल र गाविस जुटेका हुन् ।

प्रहरी चौकी रहन गाविसमा ५ सय मिटर देखि १ किलोमिटर आसापासमा रहने गरी राजनीतिक दलहरुबीच छलफल भइइरहेको गाविस सचिव तुलसी भण्डारीले बताए ।

प्रहरी चौकी राख्नको निम्ति ४ वटा बैठक सम्पन्न भइ उपलब्धीमुलक रहेको खुदुनाबारी गाविसको दाबी छ । केही समयमा नै खुदुनाबारीले प्रहरी चौकी पाउने बताउँछन् सङ्घीय जनमुक्ति पार्टीका खुदुनाबारी अध्यक्ष झलक याम्फु राई ।

यतिबेला खुदुनाबारी गाविस जग्गा दाताहरुको खोजीमा छ भने ३ वटा जग्गा दाताहरुको निवेदन पनि आइसकेको खुदुनाबारी गाविसले बताएको छ ।

इलाका प्रहरी कार्यालय बनाउने दीघकालीन सोचले ५ कठा जमिन अनुदानको खोजीमा रहेको भण्डारी बताउँछन् । अहिले २ कठा १० धुर र ३ कठा १० धुर जमिन अनुदानमा दिने दाताहरुको निवेदन परेको सविचले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: