प्रहरी जवान कार्की आफ्नै कोठामा मृत भेटिए

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार २०:४८


भद्रपुर, २३ असोज । भद्रपुरमा एक प्रहरी जवान आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा शनिवार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

मेचीनगर–४ स्थित बाहुनडाँगीका २५ वर्षीय प्रहरी जवान भद्रपुर–८ स्थित पुरानो विदुर बोडिङ स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए ।

मृतक प्रहरी जवान कार्कीकी श्रीमती पनि प्रहरीमा कार्यरत छिन् । उनी, श्रीमती र नानीसँग त्यही कोठामा बस्दै आएका थिए ।
यता मृतकका दिदी माला चौहानले घटना शंकास्पद भएको बताएकी छन् । भाइ झुन्डिएको हेर्दा खुट्टा भुईँमै छोएको र कोठाका सरसामान छरपस्ट देखिएकोले घटना शंकास्पद भएको उनले बताइन् ।

घटनाको विषयमा पीडित पक्षले प्रहरीमा मृतककी श्रीमतिलाई शंकागरी उजुरी दिईएको छ ।

‘अहिले नै केही भन्न मिल्दैन, हामी यस विषयमा गम्भीर छौँ,’ उनले भने, ‘हाम्रै कर्मचारीको मृत्यु भएकोले घटनाको विषयमा अनुसन्धान थालिसकेका छौँ ।’

परिवारजनको उपस्थितिमा शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाईएको थियो । पोस्टमार्टमपछि उनको शवलाई दिउसो स्थानीय मेची खोलामा दाहसंस्कार गरिएको थियो ।

घटना के कारणले भयो भन्ने विषयमा पोस्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: