प्रहरी भवन उद्घाटन

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार ०९:१७


भद्रपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको परिसरमा निर्मित प्रहरी कर्मचारी ब्यारेकको पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले सोमबार उद्घाटन गरेका छन् ।

चार बिघा १४ कठ्ठा जग्गा क्षेत्रफल रहेको सो कार्यालयको परिसरमा नौ लाख रुपैयाँको लागतमा ७० जना प्रहरी अट्ने दुई वटा भवन निर्माण गरिएको छ ।

सो अवसरमा १५ प्रहरी कर्मचारी र नौ जना उद्योगीलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । प्रहरी नायब महानिरीक्षक श्रेष्ठले जनताको सेवामा अहोरात्र खटिरहने प्रहरीका लागि भौतिक सुविधा थपिँदा प्रहरी सेवा अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।
कार्यालय परिसरमा विभिन्न जातका करिब ७० वटा वृक्ष पनि रोपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: