प्राडा खतिवडासहित स्रष्टा सम्मानित

  प्रकाशित मिति
२६ पुष २०७६, शनिबार १७:५१


रेवती घिमिरे

भद्रपुर । कविशिरोमणी लेखनाथ पौडेलको १३६ औं जन्मजयन्तीको अबसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले विभिन्न साहित्कि प्रतिष्ठानबाट प्रदेश नं १ का साहित्यकार भीमप्रसाद खतिवडासहितका साहित्यकारहरुलाई सम्मान गरेको छ ।

पुस्तकालयले शनिवार चन्द्रगढीमा आयोजित कार्यक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट धरानका साहित्यकार प्राडा भीमप्रसाद खतिवडालाई नगद रु. ५१ हजार १११ रुपैयाँसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

यसैगरि श्यामकृष्ण कामक्ष श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कारबाट इलामका साहित्यकार टिका घिमिरेलाई नगद १५ हजारसहित सम्मान पत्र तथा सोही प्रतिष्ठानको छात्रा प्रोत्साहन पुरस्कारबाट विरेन्द्र मावि चन्द्रगढीकी कक्षा ९ मा अध्यानरत छात्रा गृष्मा अर्याललाई नगद ५ हजारसहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा भक्तकिरण साहित्य सम्मान पुरस्कारबाट दमकका साहित्यकार याम थुलुङ्गलाई नगद रु पाँचहजार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ । त्यसैगरि यस बर्ष झापा जिल्ला स्तरीय छन्दोबद्ध कवि सम्मानबाट दुष्यान्त भट्टराईलाई नगद रु. एक हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो छ ।

कार्यक्रममा गत मंसिर २६ गते सम्पन्न कविता प्रतियोगितामा उत्कृष्ट प्रथम , द्वितीया र तृतीया स्थानमा विजयी हुने क्रमशः रघुनाथ रिमाल, रामचन्द्र दाहाल र कुमार पोखरेललाई नगदसहित पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा पुस्तकालयको नवन गठित कार्यसमिति पदाधिकारीहरुलाई पद हस्तान्तरण समेत गरिएको थियो । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा सहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, साहित्यकार सरला चापागाई ,भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मधु पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हरि न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको स्वागत पुस्तकालयकी उपाध्यक्ष आरती पोखरेलले गरेकी थिइन् । यस अगाडि चन्द्रगढीको लेखनाथ चोकमा रहेको लेखनाथ पौडेलको शालिकमा माल्यापर्ण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: