प्रेमप्रकाश मल्ल र झरेको पात

  प्रकाशित मिति
२५ माघ २०७६, शनिबार १६:४१


नन्दबहादुर केसी

प्रेमप्रकाश मल्लसँगको मेरो चिनापर्ची मात्रै एक दशक पुरानो हो । उनलाई मैले सुरुमा एकजना इमान्दार शिक्षक, साहित्य अनुरागी र अन्तर्मुखी स्वभाव भएका व्यक्तिका रूपमा पाएको थिएँ ।त्यही धरातलबाट हुर्किएर आज उनले आपूmलाई नेपाली औपन्यासिक क्षेत्रका एक कुशल शिल्पीका रूपमा उभ्याएछन् । उनको भर्खरै पैरवी बुक हाउसबाट प्रकाशित उपन्यास ‘झरेको पात’ पढ्दा ज्यादै खुसी लागेको छ । दशक लामो चिनारीमा पनि नखुलेका उनका आत्म सौन्दर्यका शिखाहरू यसपालि आकर्षक अक्षरहरूमा खुलेको पाउँदा अत्यन्तै गौरव बोधसमेत भएको छ । यस कृतिले अब उनलाई कहाँनिर उभ्याउला म यसै भन्न सक्तिनँ । तर पनि मेरो पठनको आधारले यत्ति त भन्न करै लाग्छ कि यसले नेपाली उपन्यास लेखन परम्परामा आपूmलाई निकै अब्बल कृतिका रूपमा उभ्याउने छ । उसो त म समालोचक होइन । त्यसका लागि आवश्यक पर्याप्त सैद्घान्तिक ज्ञान पनि मसँग छैन । एउटा पूmलको आद्योपान्त जीवनसम्बन्धी तथ्यगत ज्ञान त कुनै पुष्प विशेषज्ञले नै जान्दा हुन् । तर, फुलेको पूmलको आनन्दमा रम्न सबैलाई छुट छ । खुसी र आनन्दमा ज्ञानले छेक्न र बुद्घिले रोक्न सक्ने भए सायद यो संसारको सार अर्कै हुन्थ्यो होला । त्यसैले आज अलिकति ज्ञान अनि अलिकति भावनाको कुरा गर्छु ।

प्रस्तुत उपन्यास समकालीन नेपाली समाजको जीवन्त चित्रण हो । यसमा विभिन्न पात्र, प्रवृत्ति, प्रकृति, संस्कृति र परिस्थितिहरूको अत्यन्त गम्भीर उपस्थिति छ । यथार्थ तितो हुन्छ । त्यही तितो यथार्थका रूपमा यहाँ नेपाली समाजले भोगेका अनेक हृदय विदारक घटनाहरू आएका छन् । सामाजिक यथार्थवादको फ्रेममा बुनिएको औपन्यासिक कथावस्तु बोकेर हिँडेका पात्र र घटनाहरू सबै गाउँघरकै प्रतिनिधि हुन् । उपन्यासकी नायिका पार्वतीका कतिपय व्यवहार भने यथार्थकै धरातलमा आदर्शाेन्मुख भैmँ पनि प्रतीत हुन्छन् ।

उपन्यासका पात्र र घटनाहरूलाई अनेक आँखाले हेर्न सकिन्छ । प्रेमको आँखाले हेर्दा समर्पित प्रेमकी विशुद्घ प्रतिमूर्ति भैmँ श्रद्घेय लाग्छे पार्वती । कस्तै कठिन घडीमा पनि उसले पारिवारिक जिम्मेवारी पुरा गरेर एक असल सन्तानको परिचय दिएकी छ । वास्तविक प्रेमीप्रतिको समर्पण, सामाजिक उत्तरदायित्व बोध र परोपकारी गुणले नुहेकी छ ऊ । निरन्तरको असफलता र विसङ्गति बोधले विचलित भई सन्यासी मार्ग रोज्नु उसको मानवीय स्वभाव भित्रकै एउटा वास्तविकता हो । तैपनि नदी किनारमा भेटिएको शिशु र चन्द्राको छोराको जीवन रक्षालाई उसले आफ्नो परम् कर्तव्य ठानी । नवजात शिशुको साकार स्वरूपभन्दा ठुलो ईश्वरको निराकार रूपलाई मानिन उसले । यस अर्थमा मानवताको पूजा नै सच्चा ईश्वरत्व प्राप्तिको मार्ग सम्झने पार्वती महामानव जस्तै लाग्छे । उसको धीरता, सहनशीलता र आशावादिता सर्वथा अनुकरणीय र प्रशंसनीय लाग्छन् ।

उपन्यासमा प्रयुक्त हरेक पात्रले आ–आफ्नै जीवन दर्शन बोकेका छन् । पार्वतीको जीवनमा सधैँ आकाशको जुन बनिरहने सुवासलाई नसम्झिएर उपन्यासको चर्चा अधुरो हुन्छ । उसको अस्थिर, कामुक, पथभ्रष्ट, असंवेदनशील र अदूरदर्शी व्यक्तित्व नै पार्वतीको जीवनको सबैभन्दा ठुलो दुःख हो । उसले पार्वतीको पवित्र प्रेमको मूल्य कहिल्यै बुझ्न सकेन । कु–संस्कारलाई आत्म गौरव ठान्ने बाजे र दाजु दमनध्वजको दम्भ तथा कुलत पार्वतीको मात्र नभएर सिङ्गो परिवारकै आँसुको उत्पादक हो । अन्ततः उसकै कारणले मातापिता छोरीसहित मितको घरमा शरण लिन पुग्छन् । ‘सात गोत्र र एक मित्र’ को लोकोक्ति उनीहरूको जीवनमा चरितार्थ भएको छ । मित बुबा र मितिनी दिदीको परिवार नेपाली संस्कृतिको एक सुन्दर पक्ष हो । त्यसैगरी अन्यायका विरुद्घ न्यायको खोजीमा हिँडेकी चन्द्राले असमयमै जीवन गुमाई । गतिशील, पीडित र जुझारु उसले आफ्नै कोखीको घाउलाई समेत भुलेर युद्घमा हाम फालेकी थिई । उसको जीवनले तमाम ज्ञात अज्ञात सहिदहरूको सम्झना गराउँछ । उता थारु समाजकी एक जिउँदी योद्घा फुलमतीको जीवन सङ्घर्षले पाठकलाई सधैँ सम्झिरहने बनाउँछ । युद्घकै अभिघात भोगेकी ऊ पनि सहयोगी, न्यायप्रेमी, सङ्घर्षशील र खुला मनकी धनी छे । समसामयिक चेत भएकी तर छली, स्वार्थी र अशिक्षित समुदायमा इमानको मूल्यभित्र असहजता भोग्न विवश उसको कथाले जोकसैको मनमा पीडाको अनुभूति हुन्छ । यता, ज्ञान प्राप्ति र व्यक्तित्व विकासलाई कथित जातीय पर्खालले छेक्न सक्दो रहेनछ भन्ने बुझ्न जुठेको जीवन पनि कम महत्वपूर्ण छैन । हाम्रै वरिपरिका यस्ता कैयन् पात्र, घटना र मर्मस्पर्शी सन्दर्भहरू उपन्यासमा भेटिन्छन् ।

उपन्यासमा स्मरणीय प्रसङ्ग धेरै छन् । नेपाली समाजमा सदियौंदेखि जरो गाडेर बसेका अनेक संस्काररूपी कु–संस्कारहरूको जीवन्तताले हामी स्तब्ध नभइरहन सक्दैनौं । घरभित्रैबाट कहिले छोरी, कहिले बुहारी, कहिले पत्नी र सौताका रूपमा भोग्नु परेका नारी पीडाहरू आज पनि उस्तै देखिन्छन् । छाउपडीको समस्या उस्तै छ । गरिब, निमुखा र दलितका समस्या पनि अभैm उस्तै छन् । अर्काको जुठ्यान, खलियान र गोठहरूलाई कर्मथलो बनाउँदै आफ्नो भाग्यरेखा कोर्ने घटना होस् वा प्रत्येक नयाँ पुरानो बालीको भेट नभई सधैँजसो हातमुख जोर्ने समस्याको सामना गर्नुपर्ने झुमा र मैसरीका व्यथाहरू नै किन नहुन्, उत्तिकै पीडादायी छन् । त्यस्तै साहुको रिन तिर्न नसकी थातथलो छोडी जाने बालवीर काकाको कथा पनि कम्ती दर्दनाक छैन । समयले स्वरूप मात्र बदलेको होला तर सारमा नेपाली समाजका पीडाहरू अभैm उस्तै छन् ।

उपन्यासको कथावस्तुले दैलेख र सुर्खेतको भूगोल नाघेको छ । संस्कार र संस्कृतिको छाप बोक्दै अलि परको भूगोल बर्दियासमेत पुगेको छ । जहाँ पुगे पनि समानान्तर कथाव्यथा, संस्कार र संस्कृतिले छोडेन । उस्तै छ जनजीवन । उसैगरी द्वन्द्वको रागतापले अनेक सन्तापहरू सिर्जना भएका छन् त्यहाँ पनि । पहाडका बाजे र दमनध्वजहरू जस्तै थारु बस्तीमा पनि भिनाजु, बडघर र अटवारीहरू भेटिन्छन् । फुलमतीको कथा पनि पार्वतीको भन्दा कम घतलाग्दो छैन । ठाउँ, परिवेश, पात्र र प्रकृति भिन्न भए पनि व्यथा उस्तै छन् । राजापुरको त्यो उर्वर भूमिमा दुःखहरू पनि कम्ती हुर्किएका छैनन् । संस्कारको नाममा अभैm डरलाग्दो कु–संस्कार त्यहाँ पनि उस्तै छ । सशस्त्र युद्घकालीन सेनाको अस्थायी क्याम्प अघोषित चिहानघाटका रूपमा प्रतिनिधि अवशेष बनेर उभिएको छ । टिकापुर कैलाली घटना मानवता माथिको एउटा अमानवीय कलङ्कको दृष्टान्त पनि यहाँ देख्न सकिन्छ । त्यति मात्र नभई कथावस्तु सीमापारि दार्जिलिङ पनि पुगेको छ । बीचको मधेस पनि घटना र सम्झनामा अविस्मरणीय बनिदिन्छ । घटनाभन्दा पनि बेसी पार्वतीको मनोदशामा लहरिएर आएको पोखरा पोखरा जत्तिकै मिठो लाग्छ । प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका सबै चिजबिजहरू उसैगरी प्रस्तुतिमा अटाएका छन् । यसरी हेर्दा कथावस्तुले विस्तृत आयाम लिएर पनि समास शैलीमा देश अटाएको छ ।

‘झरेको पात’ थुप्रै झराइहरूको प्रतीक हो । कति अनौठो छ हाम्रो संस्कार ! जन्मसिद्घ नसानसामा रगतसँगै मिसिएर दगुरिरहेछ । विश्वविद्यालयको सर्टिफिकेट प्राप्ति हेतु रटिएका पुस्तकका ज्ञानभन्दा कति गुणा अब्बल ज्ञान यहीँ छन् । कति सनातन विभिन्न बहानामा सिर्जित संस्काररूपी कुसंस्कार चट्टान भएर बसेका पनि यहीँ छन् । तिनैमा ठोक्किएर के हुन जन्मिएकाहरू के भइरहेका छन् ! उसो त हामी जीवनका अनेक चुनौतीहरूसँग ठोक्किएर झर्नकै लागि यो संसारमा जन्मिएका हौँ तर ती ठोक्काइ र झराइहरू अप्राकृतिक ढङ्गले असमयमै हुनु पीडाको विषय हो । नियतिको कुरा अर्कै भयो । पढ्दै जाँदा पात्रहरूको आँसु, खुसी अनि जिजीविषाहरूको झराइको प्रतीक जस्तै लाग्छ उपन्यास । कतै समाज परिवर्तनका खातिर भएका सहिदहरूका सपना जस्तै पनि लाग्छ । न्यूनतम मानवता, न्याय र आस्थाहरू भत्किँदै गएको निरीह वर्तमान जस्तै पनि लाग्छ ।

काव्यात्मक भाषा र बिम्ब प्रतीकयुक्त छरितो कथन शैली पनि प्रस्तुत उपन्यासको अर्को आकर्षण हो । त्यही आकर्षणभित्र जोकोही संवेदनशील पाठकले यसमा प्रेमको मिठो लय, आनन्द, मानव जीवनको वास्तविक अर्थ र राष्ट्रप्रेमको समेत गहन भाव भेट्न सक्दछ । समाज र प्रकृतिका विविध वास्तविकतासँगै पात्रहरूको पनि सुखदुःख जोडिएका देखिन्छन् यहाँ । तिनले पाठकलाई अनेक सवालमा घोत्लिन बाध्य बनाउँछन् । यस्तो लाग्छ कि सत्तामा बस्नेहरू कहिलेसम्म यसरी नै आँखा चिम्लिएर बस्लान् ? अनेक खाले सामाजिक विभेद, बेथिति, दुःख, शोषण दमन, अन्याय र अत्याचार कहिलेसम्म समाजले सहेर बस्नु पर्ला ? जीवन जिउने मेलोमा कहिलेसम्म पराइको दैलो चहार्नु पर्ला ? देशका लागि बगेका रगत र पसिनाको अवमूल्यन कहिलेसम्म भइरहला ? भूमिहीन श्रमिकहरूको शरीरमा टाँसिएको धुलो मात्र उसको स्वामित्वमा कहिलेसम्म रहला ? गरिबीका कारण हली, गोठाला, घरायसी कामदार अनि सडक, खानी, निर्माण उद्योग, व्यापार आदिका मजदुरहरूको भविष्य कहिलेसम्म धरापमा रहला ? नातावाद, कृपावाद र भ्रष्टाचारको जालो कहिलेसम्म रहला ? यी सारा दुःखहरूबाट समाजले मुक्ति पाएको दिनमा देश कस्तो बन्ला ? साँच्चिकै सुखको धरातलमा फक्रिएका सिर्जनाका पुष्पहरू कस्ता होलान् । हाम्रो कला साहित्य र सङ्गीतमा ती कसरी उभिएलान् ? सत्ताको बागडोर समाल्नेहरूको सत्कार जनताले कसरी गर्लान् ?

पश्चिम नेपाल सबै कुरामा पश्चिम छ । संस्कार र संस्कृतिमा पश्चिम । सोच र चिन्तनमा पश्चिम । समग्र सामाजिक विकास र व्यवहारमा पश्चिम पश्चिम नै छ अभैm । यद्यपि पश्चिमभित्र थुपै्र सङ्रक्षणीय संस्कार, संस्कृति र प्रकृति छन् । पूर्वको समानान्तर भएर पनि यहाँका मौलिक पहिचान, प्रकृति, कला र संस्कृति अभैm ओझेलमै छन् । साहित्यिक प्रकाश नपरेर यिनले कहिल्यै खुल्न पाएका छैनन् । यसै परिवेशमा उदाएका प्रेमप्रकाश साँच्चिकै आज पश्चिमी समाजको प्रातकालीन किरण जस्तै देखिएका छन् । यहाँसम्म आइपुग्दा उनी निश्छल प्रेम र कु–संस्कारको पर्दाभित्र प्रकटित दिव्य प्रकाश जस्तै लागेका छन् । उनको सिर्जनात्मक कर्म हेर्दा उनीमाथि अरू प्रेम र आशा थपिनु स्वाभाविक छ । त्यसैले आफ्नो यो अन्तस्करणको अव्यक्त भाव सोहोरेर भन्छु– लेखकलाई लाखौं साधुवाद छ ! आशा छ, यो प्रकाशपुञ्ज नेपाली साहित्यको रङ्गमञ्चमा अभैm प्रज्वलित हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: