प्रेस क्लब मेचीनगरको अधिवेशन भोली

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ११:१४


मेचीनगर, २० साउन । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार हुने भएको छ ।
कार्यसमितिको विहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजना गरिने भएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए । अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुनेछ ।

मेचीनगरमा रहेका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब २०७१ सालमा स्थापना भएको हो । साधारण सभा विहान ८ बजेबाट सुरु हुने क्लबका सचिव जीआर धितालले बताए ।

बैठकले क्लबका सम्पूर्ण सदस्य तथा मेचीनगरमा क्रियाशील सञ्चारकर्मीहरुलाई अधिवेशनमा सहभागिताका लागि अनुरोधसमेत गरिएको उपाध्यक्ष शिशिर चम्लगाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: