प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण

  प्रकाशित मिति
३० श्रावण २०७९, सोमबार २०:२९


मेचीनगर, ३० साउन । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो ।

गत साउन २१ गतेसम्पन्न क्लबको अधिवेशनमार्फत आगामी दुई बर्षे कार्यकालका लागि डम्बर बरालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको थियो । थप एक सदस्य कार्यसमितिले मनोनित गर्ने प्रावधान रहेको छ ।

क्लबका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक सन्तोष आचार्यको सभापतित्वमा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी उप्रेतीले नवनिर्वाचित अध्यक्ष बराललाई पदहस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रतिवद्धता मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष बरालले क्लबले आगामी दिनमा मेचीनगरका सबै सञ्चारकर्मीहरुको पेशागत हक, हितमा काम गर्ने बताए ।

उनले पाँचौं कार्यकालका लागि कार्यसमितिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्वद्ध सबैमा आभार प्रकट गर्दै सबैको भावनालाई प्रतिनिधित्व गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा निर्वाचन समिति संयोजक तथा संस्थापक अध्यक्ष आचार्य, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष उप्रेती लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन समितिका सदस्य पौडेलले स्वागत तथा अर्का सदस्य निरौलाले सञ्चालन गरेको पदहस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान कार्यसमितिका पदाधिकारी, वर्तमान कार्यसमिति तथा मेचीनगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यसमितिको पहिलो बैठक

पदहस्तान्तरण भए लगत्तै कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले अधिवेशनमार्फत निर्वाचित गराउने निर्वाचन समिति, आम सञ्चारकर्मी तथा सरोकारवाला सबैमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।

त्यस्तै बैठकले क्लबको नियमित मासिक बैठक हरेक महिनाको अन्तिम आइतबार आयोजना गर्नेसमेत निर्णय गरेको क्लबका उपाध्यक्ष जीआर धितालले बताए ।

अधिवेशनमार्फत संशोधित विधानलाई सम्बन्धित निकायसमक्ष पेस गरिने समेत निर्णय भएको छ ।

साधारण सभाको बन्दशत्रले समावेशी उपाध्यक्षसहित १३ सदस्यीय कार्यसमिति रहने गरीको विधान संशोधन गरेको थियो । जसमा थप एक सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: