प्रेस क्लवको अधिवेशन आज

  प्रकाशित मिति
५ आश्विन २०७४, बिहीबार २०:३६


धुलावारी । प्रेस क्लव मेचीनगरको दोस्रो अधिवेशन शुक्रवार विहान धुलावारीमा आयोजना हुँदैछ ।

मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने अधिवेशन उद्घाटन समारोहमा मेचीनगरका दुई सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिने कार्यक्रम छ ।

११ हजार १ सय ११ रुपैयाँ नगदराशीको मेचीनगर पत्रकारिता पुरस्कार जनसंसद् दैनिकका समाचार संयोजक लक्ष्मी उप्रेतीलाई र ५ हजार ५ सय ५५ रुपैयाँको पत्रकारिता प्रोत्साहन पुरस्कार रेडियो सरगमका समाचार संयोजक प्रतीक न्यौपानेलाई प्रदान गरिने यस अघि नै घोषणा भइसकेको छ ।

मेचीनगरका नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा हुने उद्घाटन समारोहमा अग्रज पत्रकारहरु, राजनीतिक दलका नेताहरु, सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: