प्रेस क्लव मेचीनगरको अध्यक्षमा ज्ञानेन्द्र

  प्रकाशित मिति
६ आश्विन २०७४, शुक्रबार १४:१३


gyanenedra

मेचीनगर । मेचीनगर प्रेस क्लवको दोस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालको लागि ज्ञानेन्द्र निरौलाको अध्यक्षतामा ९ सदस्यीय नया नेतृत्व चयन गरेको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, पूर्व केन्द्रीय सदस्य मोहन काजी र क्लबकी निवर्तमान सदस्य टीका सुवेदीसहितको तीन सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा सुष्मा राजवंशी, सचिवमा शिशिर चौलागाईँ, सहसचिवमा रोमन आचार्य र कोषाध्यक्षमा दिपेन लावती छन् । यसैगरी, सदस्यहरुमा आयुष निरौला, राज ठटाल, बन्दना दाहाल, जीआर धिताल छन् । बन्दसत्रले उद्घाटनसत्रमा अध्यक्ष आचार्यले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

कार्यक्रममा दर्जनौ क्लबका सदस्यहरुलाई सदस्यता प्रमाण पत्र प्रदान गरियो । यसरी सदस्यता प्राप्त गर्नुहुनेहरुमा प्रकाश पौडेल, पुष्कर गुरागाईँ, राज ठटाल, झुलन रेग्मी, शारदा खवास, प्रतिक न्यौपाने, गोविन्द न्यौपाने, जीआर धिताल, रोमन आचार्य, दिपेन लावतीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: