प्रेस चौतारीबाट ८१ जना उम्मेद्वार घोषणा

  प्रकाशित मिति
२७ माघ २०७३, बिहीबार २१:०२


photo
विर्तामोड । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासङ्घ झापाको आसन्न चुनावमा सङ्गठनका तर्फबाट उम्मेदवारहरुको चयन गरेको छ ।
फागुन ७ गते पत्रकार महासङ्घको जिल्ला कार्य समिति, केन्द्रीय सभासद् र प्रदेश सभासद्को चुनाव एकैचाटी हुँदैछ ।

चौतारीले अध्यक्षमा गोपाल काफ्लेलाई उम्मेद्वार बनाउने भएको छ भने खुला उपाध्यक्षमा गोपाल झापाली र महिला उपाध्यक्षमा भीमा शिवाकोटीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
विर्तामोड निवासी अध्यक्षका उम्मेद्वार काफ्ले चौतारी झापाका निवर्तमान अध्यक्ष एवम् साझा मञ्च अनलाईन एवम् साझा म्यागेजिनका प्धान सम्पादक हुन् । पत्रकारिता विषयमा झापाका एक मात्र मास्टर्स डिग्री हासिल गरेका उनी मनकामना लगायतका विभिन्न क्याम्पसमा पत्रकारिता विषय पढाउँछन् ।

दमक निवासी खुला उपाध्यक्षका उम्मेद्वार झापाली झापाको पहिलो टेलिभिजन हिमशिखरका समाचार सम्पादक हुन् । हाल उनी पत्रकार महासङ्घ झापामा प्रेस चौतारीका तर्फबाट सहसचिव पदमा प्रतिनिधित्व गरिरहेका छन् ।

विर्तामोड निवासी महिला उपाध्यक्ष उम्मेदवार शिवाकोटी कञ्चनजङ्गा एफएमकी प्रभावशाली पत्रकार हुन् । चौतारीले सचिव पदमा मेचीनगर निवासी युवा पत्रकार सन्तोष आचार्य (साझा मञ्च)लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

खुला सहसचिव र समावेशी सहसचिव पदमा क्रमशः अर्जुन कार्की (जनसंसद्) र आत्माराम राजबंशी (कोचिला न्यूज डटकम)लाई उम्मेद्वार बनाइएको छ । कार्की मेचीनगर र राजबंशी खजुरगाछी निवासी हुन् । कोषाध्यक्ष पदमा भने विर्तामोड निवासी यम विमली (सूर्योदय टेलिभिजन) उम्मेद्वार बनेका छन् ।

बिहीबार बिर्तामोडमा सम्पन्न निर्वाचन परिचालन समितिको बैठकले गरेको निर्णयानुसार जिल्ला कार्यसमिति, केन्द्रीय सभासद् र प्रदेश सभासद्मा उम्मेद्वारको नामावली तय गरेको हो ।
कार्यसमिति सदस्यको उम्मेद्वारमा बिनोद सापकोटा, हिमाल खरेल, युवराज विवश, राम निरौला, रमेश तिवारी, मिना विक, विमर्श उप्रेती, लक्ष्मी काफ्ले, मिलन अधिकारी, अनिता भेटवाल, किशोर उपरकोटी र आशिष साह रहेका छन् ।

केन्द्रीय सभासद्मा तीर्थ सिग्देल, माधव बिद्रोही, मोहन काजी, गोपाल गड्तौला, चेतन अधिकारी, मुक्ति पौडेल, राजु अधिकारी, लक्ष्मी उप्रेती, विशाल नेम्वाङ, अनिलदेव राई, मनकुमार गदाल, सुब्रत न्यौपाने, टिकाराम नेती, अनिल वाग्ले, पुष्प बराल, कृष्ण कार्की, बिष्णु पोखरेल, पर्वत पोर्तेल र रोहित काफ्लेको नाम तय गरिएको छ ।

महिला केन्द्रीय पार्षदको उम्मेद्वारमा अम्बिका भण्डारी, गङ्गा बराल, टिकामाया लामिछाने, माया पकुवाल, लक्ष्मी नेपाल, गीता घिमिरे र साबित्रा दाहाललाई चयन गरिएको छ ।

प्रदेश सभासद्मा नेत्र पाठक, हरिचरण बानियाँ, धर्मेन्द्र मामा, कृष्ण मिश्र, मदनकुमार खरेल, अर्जुन बस्नेत, प्रदीप परियार, अग्नि कोइराला, गोपीचन्द्र मिश्र, छविलाल दवाडी, राजकुमार ओली, उमानाथ भण्डारी, गीता ढुङ्गाना, डम्बर बराल, ज्ञानबहादुर बिष्ट, पिनाकी कोइराला, छविराज ढकाल, नरेन्द्र ढकाल, रिपेश पुडासैनी, राजु पौडेल, गोविन्दराज कट्टेल, सागर गौतम, दिपेन्द्र कटुवाल, मेलिना पाठक, मिनप्रकाश उप्रेती, भुपाल लुइँटेल, लोकनाथ रिजाल, रमेश क्षेत्री, दिपेन्द्र पौडेल, उमेश राउत, कमला श्रेष्ठ, चन्दना बराल, दिलीप धिमाल, देवीप्रसाद गौतम र विरेन्द्र न्यौपाने उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: