प्रेस युनियन अध्यक्षमा पूर्वेली निर्वाचित

  प्रकाशित मिति
१४ आश्विन २०७५, आईतवार ०८:०९


नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित हुनु भएको छ । युनियनको नवौ जिल्ला अधिवेशनको क्रममा शनिवार साँझ भएको निर्वाचनमा ६४ मत प्राप्त गरी पूर्वेली निर्वाचित भएकी छिन् ।

अध्यक्ष पदका अर्का प्रतिष्पर्धी राजेन्द्र गौतमले ४१ मत प्राप्त गरेका छन् । इन्दु पूर्वेली विर्तामोडबाट प्रकाशित हुने जनआन्दोलन साप्ताहिककी सम्पादक हुन् ।
नेतृत्वका लागि सहमतिको प्रयास भए पनि अन्तिममा गौतम र पूर्वेलीविच अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा भएको थियो ।

कूल मत १२७ मध्ये १०६ मत खसेको थियो भने एक मत बदर भएको थियो । युनियन झापाको इतिहासमा यो नै पहिलोपल्ट लोकतान्त्रिक चुनावी प्रक्रियाबाट अध्यक्ष छानिएको हो ।
झापाको इतिहासमा पत्रकारहरुको सङ्गठनमा महिलाले अध्यक्ष पद सम्हाल्ने अवसर पाएको पनि यो पहिलो पटक हो ।

उपाध्यक्ष पदमा दमकका गिरीराज भट्टराई र मेचीनगरकी शुष्मा राजबंशी सर्वसम्मत चयन भएका छन् । सचिवमा डिल्लीराम घोर्साइ, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्ष पदमा ओमप्रकाश भट्टराई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: