प्रेस संगठन पनि विभाजित : ओली पक्षीय भेलाले संयोजक फेर्यो

  प्रकाशित मिति
९ माघ २०७७, शुक्रबार १६:०४


झापा, ९ माघ । नेकपामा देखिएको विभाजनको असर पत्रकार संगठनमा पनि प्रष्ट देखा परेको छ ।

ओली समूहको प्रेस संगठन नेपालको काठमाडौंमा विहीवार सम्पन्न राष्ट्रिय भेलाले संगठनका संयोजक महेश्वर दाहाललाई पदबाट हटाएको छ ।

भेलाले सहसंयोजक गणेश बस्नेतलाई दाहालको ठाउँमा अब प्रेस संगठनको नयाँ संयोजक चयन गरेको छ ।

संयोजक गणेश बस्नेत ।

राष्ट्रिय सभागृहमा भएको भेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।

भेलाले केन्द्रीय समितिमा सय जना सदस्य थप्ने निर्णय समेत गरेको छ ।

संयोजक चयन भएका बस्नेत साविक प्रेस चौतारी नेपालका अध्यक्ष थिए । हटाइएका संयोजक दाहाल साविक प्रेस सेन्टरका अध्यक्ष थिए ।

नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन अब पार्टी विभाजन जस्तै ओली र प्रचण्ड–नेपाल समूहमा चिरा भएको छ ।

प्रचण्ड–नेपाल पक्षीय पत्रकारहरुले दुई दिन अघि प्रज्ञा भवन कमलादीमा प्रेस संगठन नेपालको बेग्लै दोस्रो राष्ट्रिय भेला गरेका थिए ।

उक्त भेलाको अध्यक्षता संयोजक महेश्वर दाहालले नै गरेका थिए ।

दुई चिरामा विभाजित प्रेस संगठनमध्ये ओली पक्षमा साविक प्रेस चौतारीको बहुमत र प्रचण्ड–नेपाल पक्षमा साविक प्रेस सेन्टरको बहुमत गएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: