प्रेस सेन्टर झापाको नयाँ नेतृत्व

  प्रकाशित मिति
७ श्रावण २०७३, शुक्रबार १८:२९


press 1

बिर्तामोड । प्रेस सेन्टर झापाको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयान गरेको हो ।

समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लिलाराज झापाली, सहसहचिव उद्धव पुरी र कोषाध्यक्षमा सुष्मा कुमाल निर्वाचित भएका हुन । आगमी तीन बर्षे कार्यकाल रहने समितिको सदस्यमा होमप्रकाश अधिकारी, प्रकाश उप्रेती, खगेन्द्र घिमिरे ,चिरञ्जीवि घिमिरे, गीता खड्का, सन्तोष शर्मा, ओमप्रकाश गौतम, राजु बराल छन् ।

त्यस्तै सम्मेलनले निर्मला तिम्सीना, झुलन रेग्मी, राजु पाठक, डण्डीराज घिमिरे, प्रेम आचार्य, बिरु दर्नाल, प्रकाश उप्रेती, चिरञ्जीवि घिमिरे,सन्तोष शर्मा, सुष्मा कुमाल, लिलाराज झापालीलाई १ नम्बर प्रदेशको प्रतिनिधिमा छानेको छ । क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबिचको एकीकरण पछि भएकोे सम्मेलनले जिल्लामा नेतृत्व चयन गरेको हो ।

press 2
यसैबिच यस वर्षको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
पत्रकार भट्टराई विगत १५ वर्षदेखि पत्रकारिता र साहित्यमा क्रियाशील छन् ।
प्रेस सेन्टर झापाका संयोजक टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँ, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ् , स्व  कौडिन्यकी श्रीमती यमुना आचार्य लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा डि। कौडिन्यको जीवनीका बारेमा नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य यज्ञराज प्रसाईँले प्रकाश पारेका थिए भने,सम्मानित व्यक्तित्व केशव भट्टराईका बारेका पत्रकार उमाकान्त खनालले प्रकाश पारेका थिए ।

कार्यक्रममा फोनीजका जिल्ला अध्यक्ष गणेशमान मुखीया, मिडिया नेपालका पूर्वाञ्चल उपाध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँ, गणेश पोख्रेल, प्रेस चौतारीको केन्द्रीय सदस्य अम्बिका भण्डारी, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य झलकसिंह दर्लामी मगर, सम्मानित व्यक्तित्व पत्रकार केशव भट्टराई, प्रमुख अतिथी ओम शर्मा लगायतले बोलेका थिए ।
झुलन रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य डण्डीराज घिमिरेले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: