प्लटिङ भएकै वडाबाट आयो साझा धारणा

  प्रकाशित मिति
८ आश्विन २०७५, सोमबार ०९:२२


धुलावारी । मेचीनगर वडा नं. १० का राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी धुलावारीको मुटुमा रहेको प्लटिङको जग्गामा ‘खाली ठाउँ’ छाड्नका लागि जग्गाधनीलाई दवाव सिर्जना गर्न साझा प्रयास हुनु पर्ने धारणा अघि सारेका छन् ।

नगर तहमा दलहरुविच भिन्नाभिन्नै विज्ञप्ति आइरहेको बेला वडा नं. १० ले साझा सरोकारको विषय भएको भन्दै पहिलोपल्ट संयुक्त विज्ञप्ति जारी गरेको हो ।
दलहरुको आइतवार विहान धुलावारीमा बसेको बैठकले सो सम्बन्धमा साझा धारणा सार्वजनिक गर्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको नेकपाको वडा अध्यक्ष प्रकाश खड्काले बताए ।

विज्ञप्तिमा ३ बुँदे धारणा सार्वजनिक गरिएको छ । पहिलो बुँदामा ५ प्रतिशत जग्गा छाडेर नक्सा पेश गरिनुले जग्गाधनीले विगतमा जग्गा छोड्ने सम्झौता भएको बुझाउने, दोस्रो बुँदामा सबै नगरवासी एकढिक्का भएर विगतको सहमति कार्यान्वयनको वातावरण बनाउन जग्गाधनी र नगरपालिकालाई ध्यानाकर्षण गराउने र तेस्रो बुँदामा वडामा क्रियाशील राजनीतिक दलहरु निकास खोज्न एकताबद्ध भएर अघि बढ्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: