प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि गोष्ठी

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १७:४०


dsc04158

धुलाबारी । मेची उद्योग वाणिज्य संघको आयोजना तथा चेतना नेपाल, झापाको सह–आयोजनामा ‘वातावरण संरक्षण तथा प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

शुक्रबार संघका कार्यवाहक अध्यक्ष ललित तामाङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले रहेका थिए ।

संघका उपाध्यक्ष ध्रुव कनालले स्वागत गरेको कार्यक्रममा संघका वातावरण समितिका सभापति चेतन विष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा चेतना नेपालका अध्यक्ष इन्द्र ओलीले वातावरण संरक्षण, फोहोरमैला विसर्जन तथा प्लाष्टिक झोला प्रयोगमा न्यूनिकरण विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

अधिवक्ता लक्ष्मीप्रसाद अधिकारीले फोहोरमैला विसर्जनका सन्दर्भमा स्थानीय निकायलाई प्राप्त कानुनी हैसियतका विषयमा जानकारी गराएका थिए ।

संघका महासचिव ऋषिराज तिम्सिनाले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा मेचीनगरमा क्रियाशिल विभिन्न संघ, संस्था, निकायहरुका प्रमुख एवं प्रतिनिधिहरु, टोलविकास संस्थाहरु, विद्यालय, संचालकर्मीलगायत उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: