प्लाष्टिक झोला बहिष्कार गरौँ भन्ने अभियान शुरु

  प्रकाशित मिति
११ पुष २०७७, शनिबार १९:५७


भद्रपुर, ११ पुस । बिर्तामोड नगरपालिका–८ का तीनवटै टोलहरुमा ‘आजैबाट प्लाष्टिक झोला बहिष्कार गरौँ’ भन्ने अभियानको एक कार्यक्रमकाबीच थालनी गरिएको छ ।

सेन्ट जेभियर्स स्कुल देउनीयाँको आयोजना तथा श्री गणेश पाञ्चायन मन्दिरको सहजिकरणमा वडा नम्बर ८ अन्तरगत रहेको गणेश टोल विकास संस्था, शुक्रराज टोल विकास र किसन भिट्टा टोल विकास संस्था अन्तरगत पर्ने तीसय घरधुरीलाई पलाष्टिक मुक्त टोल बनाउने अभियानको थालनी गरिएको हो ।

शनिबार विद्यालय प्रांगणमा आयोजीत कार्यक्रमकाबीच विद्यालयका फादर बोनीफस टिग्गा तथा वडा नम्बर ८ का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराईले ३ वटै टोल विकास संस्थाका प्रति परिवारलाई १÷१ थान कपडाको झोला, लुगाधुने र नुहाउने सावुनको डल्ला तथा तावेल हस्तान्तरण गरिएको थियो ।

‘एउटै संकल्प हाम्रो, प्लाष्टिक हटाउने लक्ष्य हाम्रो’ लगायतका नारासहित उपस्थित सहभागि स्थानीयहरुले विभिन्न टोलहरु परिक्रमा समेत गरेका थिए ।

कार्यक्रममा विद्यालयका टिग्गाले मानव जीवनमा जथाभावी फ्यालीने प्लाष्टिले पार्ने असर र वातावरण प्रदुषर्णका विषमयमा जानकारी गराउँदै सबैले कपडाको झोला प्रयोग गरी अभियान सफल बनाउन आग्रह गरेका थिए ।

उनले विद्यालय आसपासको एक किलोमिटरको क्षेत्रलाई पूर्ण प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियानमा विद्यालय लागेको दावी गरे ।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष भट्टराई, मन्दिर व्यावस्थापन समितिका अध्यक्ष डम्बर तिम्सिना लगायतले अभियानलाई निरन्तरता दिँदै कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए ।

आउँदो सोमवारसम्म चारवटै चरण सम्पन्न गरी सक्ने लक्ष्यका साथ अभियानको सुरुवात गरिएको मन्दिर समितिका सचिव एवम् अभियान संयोजक अनिल गौतमले जानकारी दिए ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: