प्लीज एसएमएस गरिदिनुहोस्

  प्रकाशित मिति
१९ जेष्ठ २०७३, बुधबार १२:०२


prenaमोडलिङको क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले मोडलिङ करियर अगाडि बढाइरहेकी विर्तामोडकी प्रेना उप्रेती सानै उमेरदेखि ग्ल्यामरस क्षेत्रमा रमाइरहेकी छिन् ।

सन् २०१२ मा आयोजना भएको लिटल किङ एन्ड क्वीनमा टप फाइभमा पर्न सफल प्रेनाले वेस्ट फिगरको अवार्ड हात परेकी थिइन् ।
उनले अहिलेसम्ममा केही म्यूजिक भिडियोमा मोडलिङ समेत गरिसकेकी छिन् । हाल काठमाडौँमा भइरहेको राष्ट्रियस्तरको ‘मिस एसएलसी नेपाल’ प्रतियोगितामा झापाको प्रतिनिधित्व गरिरहेकी प्रेना ग्ल्यामरस नेपाल संस्थाको अफिसियल सदस्य पनि हुन् ।

‘झापाको शान उच्च राख्न म मेरो तर्फबाट सक्दो प्रयास गर्नेछु’, झापा आएकी उनले भनिन्–‘अहिले भोटिङ राउन्ड भइरहेकोले मलाई तपाईहरूको साथको खाँचो छ ।’

यस राउन्डबाट छानिए उनी सिँधै टप–१५ मा पुग्नेछिन् । एक व्यक्तिले जति पनि भोट गर्न मिल्ने बताइएको छ ।

भविष्यमा आफ्नो पढाइसँगै मोडलिङ करियरलाई पनि अगाडि बढाउँदै लाने बताउने झापाली चेली प्रेनालाई भोट गर्ने तरिका यस्तो रहेको छ–MNM <space> Prena लेखेर 33001 मा पठाउनु पर्नेछ ।
……………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: