फरक

  प्रकाशित मिति
११ बैशाख २०७३, शनिबार ०५:४०


gyanendra
ज्ञानेन्द्र ढुङ्गाना

ऊ र म मा फरक यति मात्र छ,
ऊ तस्कर र माफियाको कुरा गर्छ,
म रदिफ र काफियाको कुरा गर्छु ।

ऊ मर्ने मार्ने एसएलआरको कुरा गर्छ,
म बाँच्ने बचाँउने हँसियाको कुरा गर्छ ।

ऊ सुपर सोनिक बुलेट ट्रेनको कुरा गर्छ,
म ढाकर तोक्मा र भरियाको कुरा गर्छु ।

ऊ सर्वाङ्ग नग्न सनवाथको कुरा गर्छ,
म आमाको दश ठाउँ टालेको फरियाको कुरा गर्छु ।

ऊ र म मा फरक यति नै छ,
ऊ फेरि पनि दुई नम्वरी धन्धाको कुरा गर्छ,
म रस अलङ्कार र छन्दको कुरा गर्छु ।
(बाहुनडाँगी, झापा)

(२०७३ बैशाख ११ गते प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: