फराकिलो बन्दै चाराआलीका सडक

  प्रकाशित मिति
२१ पुष २०७५, शनिबार १०:०६


चारआली । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गको चारआलीस्थित बजारमा अव्यवस्थित रुपमा रहेका फुटपाथ पसल र टहरा हटाउने काम तीब्र रुपमा भइरहेको छ ।

मेचीनगर नगरपालिका१३ मा रहेको बजारस्थित सडक अतिक्रमण गरेर बसेका व्यापारी र टहरालाई हटाउन थालिएको हो ।

वडा नम्बर१३ र विभिन्न सरोकारवाला समितिहरुको समन्वयमा चारआली चोक क्षेत्रलाई व्यवस्थित गर्न लागिएको सोही वडाका अध्यक्ष कृष्ण सिग्देलले बताए । यस क्षेत्रका करिव ७० वटा फुटपाथ पसल र टहरा हटाई सकिएको छ ।

टोलीले सडकका आसपासका दजनौं टहराहरु हटाउने र रुख काटेर बाटो खुल्ला बनाउने र बाटो आसपासमा व्यवस्थित पार्किङ्ग स्थल बनाउन सुरु गरेको छ ।

सडकमा जथाभावी पसल राख्दा दुर्घटनाको सम्भावना समेत बढ्दै आएकोे र बजार समेत अव्यवस्थित देखिएको थियो । झापाका अन्य क्षेत्रमा सडक बिस्तार तथा यस्ता टहराहरू हटाई सकिएको भए तापनि चारआली क्षेत्रमा लामो समयदेखि हटाउन सकिएको थिएन् । झापा, इलाम, पाँचथरलगायतको मुख्य केन् चारआली बजार अस्तव्यस्त भएका कारण आम उपभोक्ताहरू मारमा परेका थिए ।

डकलाई फराकिलो बनाएसँगै चारआली क्षेत्रमा दुर्घटनामा कमी आउने र चोकेका मुहारमा समेत फेरिने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: