फाइजर भ्याक्सिनले भारतसँग माग्यो अनुमति

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार ०९:२४


झापा, २२ मंसिर । पन्चानब्बे प्रतिशत सफल मानिएको फाइजर कम्पनीको कोरोना भ्याक्सिनलाई बेलायत र बहराइनले आफ्नो देशमा प्रयोग गर्न अनुमति दिएका छन् ।

फाइजरले यस्तै अनुमति प्रदान गर्न भारतको औषधि नियामक निकायमा निवेदन दिएको छ ।

फाइजर इन्डिया नामक सप्लाई कम्पनीले आपतकालीन प्रयोगका लागि भारतको ड्रग्स कन्ट्रोल जनरल अफ इन्डियामा अनुमति मागेको हो ।

गत बुधवार बेलायत आफ्नो देशमा फाइजरलाई अनुमति दिने पहिलो मुलुक बनेको थियो । त्यसपछि बहराइनले अनुमति दियो ।

फाइजरले अमेरिका लगायतका विभिन्न मुलुकमा यसको प्रयोगका लागि अनुमति मागेको छ ।

सबैभन्दा प्रभावकारी दावी गरिएको यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्ने निकै चुनौतिपूर्ण छ ।

भारतमै बनिरहेका ३ वटा भ्याक्सिनको परीक्षण अन्तिम चरणमा पुगेको बताइएको छ ।

उता रुसले मस्कोमा नागरिकहरुलाई कोरोना भ्याक्सिन लगाउन सुरु गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: