फास्ट ट्रयाकमा न्युजिल्यान्ड सेमिनार हुँदै

  प्रकाशित मिति
११ मंसिर २०७३, शनिबार २१:११


fast-tracबिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले अब अस्ट्रेलिया, अमेरिका र न्यूजिल्यान्डका लागि परामर्श सेवा सुरु गरेको छ ।

यसै अवसरमा न्युजिल्याण्डमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आउँदो सोमबार निःशुल्क सेमिनार गर्न लागिएको फास्ट ट्रयाकका बिर्तामोड शाखा प्रमुख राजकुमार कार्कीले जानकारी दिए ।

फास्ट ट्रयाकको बिर्तामोड कार्यालयले न्यूजिल्यान्डका लागि सेमिनार आयोजना गरेको यो पहिलो पटक हो । यसअघि जापानका लागि भने ४ पटक सेमिनार गरिसकेको कार्कीले बताए ।

सेमिनारमा ४० जना विद्यार्थीलाई सहभागी गराउने लक्ष्य रहेको कार्कीले बताए । सेमिनारमा बिर्तामोडबाट मात्र नभई धरान, इटहरी र मेची अञ्चलका अन्य जिल्लाबाट पनि विद्यार्थी आउने कार्कीले जानकारी दिए ।

भद्रपुर रोडस्थित आफ्नै कार्यालयको हलमा गरिने सेमिनारमा न्यूजिल्यान्डको एसआईटी कलेजका इन्टरनेशनल मार्केटिङ अफिसर साइकिया खानिनले परामर्श दिने बताइएको छ ।

सेमिनारमा काठमाडौँबाट फास्ट ट्रयाकका प्रवन्धक खड्ग ताम्लिङसमेत आउँदै छन् । ताम्लिङ ईक्यानका कोषाध्यक्ष समेत हुन् ।
उच्च शिक्षा अध्ययनका लागि न्यूजिल्यान्ड जापानपछि दोस्रो गन्तव्य बन्दै गएको शाखा प्रमुख कार्कीले बताए । न्यूजिल्यान्डको एसआइटी कलेजले राम्रा विद्यार्थीलाई छात्रवृत्तिसमेत दिँदै आएको छ ।

यस कलेजले बिर्तामोडमा पहिलो पटक सेमिनारमा सहभागिता जनाउन लागेको हो । अब फास्ट ट्रयाकले एसआइटी कलेजसँग निरन्तर सहकार्य गर्ने शाखा प्रमुख कार्की बताउँछन् ।

एसआइटीले न्यूजिल्यान्डका ३ वटा स्थानमा कलेज सञ्चालन गरिरहेको छ ।
(लोकतन्त्र पोस्ट दैनिकको २०७३ मंसिर ११ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: