फास्ट ट्रयाकका सञ्चालक पक्राउ

  प्रकाशित मिति
१० बैशाख २०७३, शुक्रबार १३:४८


युवा संघका कार्यकर्ता फास्ट टयाकका प्रन्धकसँग सोधपुछ गर्दै ।
युवा संघका कार्यकर्ता फास्ट टयाकका प्रन्धकसँग सोधपुछ गर्दै ।

विर्तामोड,११ बैशाख । जापान पठाइदिने भन्दै लाखौँ रकम असुलेको अभियोगमा विर्तामोडको भद्रपुररोडमा सञ्चालित फास्ट ट्रयाक एजुकेसन कन्सलटेन्सीका शाखा प्रबन्धक राजकुमार कार्की पक्राउ परेका छन् ।

कार्कीले झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लाका १५ जनालाई वर्किङ भिसामा जापान पठाइदिने भनेर हालै जनही अढाइ लाख रुपैयाँका दरले कूल ३७ लाख ५० हजार रुपैयाँ असुलेका थिए ।

उनको अनाधिकृत धन्धाबारे गुनासो आएपछि युवा सङ्घका कार्यकर्ताले शुव्रmवार कन्सल्टेन्सीको कार्यालयमा घेराउ गरेका थिए । सोधपुछ गर्दा कार्की विदेशमा कामदार पठाउने कुनै अनुमति प्राप्त व्यक्ति नभएको पत्तो लागेपछि स्थानीय प्रहरीलाई खबर गरिएको युवा सङ्घ झापाका अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।

युवा सङ्घका कार्यकर्ताले कार्यालय घेरिरहेको अवस्थामा आइपुगेका विर्तामोड इप्रकाका डीएसपी खड्गबहादुर खत्रीले कार्कीलाई नियन्त्रणमा लिएर थानामा लगेका थिए ।

अनाधिकृत रुपमा सर्वसाधारणसँग रकम असुलेको स्वीकार गरेका कार्कीलाई सोधपुछका लागि इप्रकामा राखिएको डीएसपी खत्रीले बताए ।
कार्कीले फास्ट ट्रयाक मार्फत नभई व्यक्तिगत रुपमा जापानमा कामदार पठाउने कारोवार आफुले गरेको सञ्चारकर्मीहरूसँग बताएका छन् ।
उनले एलपी इन्टरनेशनलको नाममा जापान पठाइने गरेको जानकारी इन्टरनेटमार्फत थाहा पाएपछि सम्पर्क गरेर आफु पनि त्यसको एजेन्ट बनेको बताए ।

हाल असुलिएको ३७ लाख ५० हजार रुपैयाँमध्ये आधाजसो रकम काठमाडौँमा रहेको अर्का एजेन्ट यामकुमार चेम्जोङलाई पठाएको दावी गर्दै उनले वर्किङ भिसामा कामदार पठाउने आधिकारिक अनुमति आफुसँग नभएको स्वीकार गरेका छन् ।

भद्रपुर रोडको पश्चिम लाइनस्थित थापा मार्केटमा उनले फास्ट ट्रयाक कन्सल्टेन्सीसँगै प्रोलिफिक कम्प्युटर प्रशिक्षण केन्द्र चलाउँदै आएका छन् ।

fast track 2उनले भाषा सिकाउन र स्टुडेन्ट भिसामा जापान पठाउनका लागि अनुमति लिइएको प्रमाणपत्र कार्यालयको भित्तामा झुण्ड्याएका छन् । त्यसको आधिकारिता जाँच हुन भने बाँकी नै छ । उनले यसअघि १९ जनालाई स्टुडेन्ट भिसामा जापान पठाइसकेको बुझिएको छ । जापान पुगेका तिनीहरूको अवस्थाबारे थाहा हुन सकेको छैन ।

जापान पठाउने कारोवार गर्न थालेको तीन महिना मात्र भएको उनैले बताएका छन् । सुरुमा स्टुडेन्ट भिसामा पठाइदिने भनेका उनले ती १५ जनाको स्टुडेन्ट भिसा नलागेपछि वर्किङ भिसाबाट पठाइदिने भन्दै रकम असुलेका हुन् ।

विदेशमा कामदार पठाउने कुनै लाइसेन्स नभएका उनले जापान पठाउने भनिएका हरेक व्यक्तिसँग १४ लाख मागेको बुझिएको छ ।
शनिअर्जुन–२ निवासी कार्कीले आफुबाट गैरकानूनी काम भएको स्वीकार गर्दै १५ जनाकै रकम फिर्ता गरिदिने बताएका छन् ।

……………………………………..

अढाइ लाख डुबेकाहरू

  • चुडामणि सिटौला
  • ऋषि ओली
  • विजय मिश्र
  • वसन्त बुढाथोकी
  • प्रदीप थापा
  • नारायण राजबंशी
  • खेम खतिवडा
  • सञ्जय तामाङ
  • जीवनकुमार घिमिरे
  • विव्रmम थापा
  • रोजनी चुडाल
  • दिपक मेचे
  • सरोज बराल
  • हिमाल गर्तौला
  • सञ्जय धिमाल
    …………………
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: