फिदिमका वडाध्यक्षको ब्रेन ह्यामरेजबाट निधन

  प्रकाशित मिति
२१ चैत्र २०७६, शुक्रबार १५:४२


विर्तामोड । घरमा ब्रेन ह्यामेरज भएर बेहोश भएपछि झापाको बीएन्डसी हस्पिटलमा उपचारत फिदिम-५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ ।

झापाको बीएन्डसी अस्पतालमा उपचाररत ३३ वर्षका तुम्वापोको शुक्रबार ब्रेन ह्यामरेजको उपचारको क्रममा निधन भएको बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

आजै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आबोले शब फिदिम लगेका छन् ।

ब्रेन ह्यामरेजबाट पीडित तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकप्टर चार्टर गरी फिदिमबाट थप उपचारका लागि झापा ल्याइएको थियो ।

नेकपा निकट राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत नेता तुम्वापो फिदिम ५ चोकमागु गैरिगाउँ भन्ने ठाउँका स्थायी बासिन्दा थिए ।

वडाध्यक्ष तुम्वापोको निधन भएकै दिन उनकी पत्नीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् ।

बिहान ३ बजेको समयमा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिइन् । उनका अब दुई छोरीहरु भएका छन् ।

स्वर्गीय तुम्बापो तात्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: