झापा, २२ असोज । फिनल्याण्ड लैंगिक समानताका लागि उत्कृष्ट देशमा पर्दछ ।
यसैबीच त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप एक उदाहरण प्रस्तुत गरेकी छन् ।
उनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन् । पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् ।
आभा मुर्तो नामकी ती किशोरी बुधवार अर्थात अक्टोबर ८, २०२० का लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने अधिकार थिएन ।
उनलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट चाहिँ दिइएको थियो ।
संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो ।
(एजेन्सी)