फिस्टुलाको अपरेशन अब ओमसाईमै

  प्रकाशित मिति
१६ मंसिर २०७३, बिहीबार १९:३८


dr-shashi
कन्सल्टेन्ट सर्जन डा. शशी सिंह ।

भद्रपुर, १६ मंसिर । भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा मिर्गौला रोगीको उपचारमा अत्यावश्यक मानिएको फिस्टुलाको अपरेशन गर्न थालिएको छ ।

कन्सल्टेन्ट सर्जन डा. शशी सिंहले उपचार सेवा थालेपछि ओमसाई पाथिभरामा फिस्टुलाको अपरेशन भइरहेको हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जानकारी दिए ।

निर्देशक पोखरेलले झापामा मात्रै नभएर पूर्वमै हाल ओमसाई पाथिभरा हस्पिटलमा मात्र फिस्टुलाको अपरेशन हुने गरेको र यसबाट पूर्वका मिर्गौला रोगीहरूलाई काठमाडौँ र भारत धाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको बताए ।

भैरहवाबाट एमबीबीएस र वीर हस्पिटल (नाम्स)बाट सर्जनको अध्ययन पूरा गरेका डा. सिंहले आधा महिना अघिदेखि ओमसाई पाथिभरा हस्पिटलमा पूर्णकालीन डाक्टरको रुपमा उपचार सेवा थालेका छन् ।

%e2%80%8efistula
फिस्टुलाको अपरेशन गरेकी एक महिला ।

डा. सिंहले वीर हस्पिटल, भरतपुर क्यान्सर हस्पिटल र चितवन मेडिकल कलेजमा यस अघि उपचार सेवा पुर्याएका थिए ।
डा. सिंहले ओमसाई हस्पिटलमा आए पछि झापामै पहिलोपल्ट फिस्टुलाको अपरेशन, दुरविनको सहयोगले किड्नीको पत्थरीको अपरेशन र प्रोस्टेट ग्रन्थीको अपरेशन थालेका छन् ।

मिर्गौला खरावी भएका विरामीलाई हेमोडाइलासिस गर्नका लागि फिस्टुलाको अपरेशन गर्न आवशयक हुन्छ । भद्रपुरमै यो अपरेशन हुन थालेपछि विरामीलाई ठूलो राहत पुगेको छ ।

‘झापामा सीटी स्क्यान, आइसीयु र डाइलासिस भित्र्याउने पहिलो हस्पिटल ओमसाई पाथिभरा नै हो’, निर्देशक पोखरेल भन्छन्–‘अब फिस्टुलाको अपरेशन गर्ने पहिलो हस्पिटल पनि हाम्रै भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: