फुटबलका सदाबहार गुरु

  प्रकाशित मिति
२२ फाल्गुन २०७२, शनिबार ०४:३४


DSC04370

नेपाली फुटबलका लागि झापा उर्वरभूमि मानिन्छ । फुटबलका राष्ट्रिय कप्तान हरि खड्का, पूर्व खेलाडी सन्देश श्रेष्ठ, राजन रम्तेल, मीन बस्नेत, विशाल राई ‘ए’ ‘वि’, अनन्त तामाङजस्ता फुटबलका हस्तीहरू जन्माएको जिल्ला हो, झापा । उनीहरू निरन्तर यही क्षेत्रमा लागि परे, जसले नाम र दाम दुवै कमाए ।

लाखौँ फुटबलका सारथी रहेको जिल्लामा बाहिरी पर्दामा आउन नसकेका खेलाडीहरू पनि कम थिएनन् । जो अहिले पनि फुटबललाई उत्तिकै माया र हौसला दिइरहेका छन् । जसमध्ये एक हुन्, मेचीनगर–१० का दिपक कार्की । जसलाई फुटबलको पर्यायवाची भने पनि फरक पर्दैन । जो चार दशकदेखि निरन्तर फुटबलका क्षेत्रमा सव्रिmय छन् ।

फुटबलमा त्यो पनि समय थियो, जतिबेला काँकरभिट्टाका राजकुमार श्रेष्ठ, बिमल खतिवडा, राजन रम्तेल र यिनै दिपक कार्कीको जोडी खुबै जम्ने गरेको थियो । जिल्लाका हरेक फुटबल खेलमा यिनै नवजवानहरुको नाम आउँथ्यो । काँकरभिट्टा उच्च माविमा पढ्दाताका उनीहरु विद्यालयबाट सहभागी गराउने प्रतियोगिता होस् या क्लबबाट, सबैको पहिलो रोजाइका खेलाडी हुन्थ्ये ।

गाउँमा थोत्रे कपडालाई बेरेर बनाएको झुर्माको गोलबाट सुरु भएको फुटबलको यात्राले राम्रै स्थान ल्याएको थियो, उनीहरुमा । राजन रम्तेल राष्ट्रिय फुटबल खेलाडी बने । राजकुमार श्रेष्ठ एथ्लेटिक्सको राष्ट्रिय खेलाडी भए । लामो समय दौडेर पनि नथाक्ने श्रेष्ठ हाल महेन्द्र रात्री यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष तथा यातायात व्यवसायी भएका छन् । बिमल खतिवडा अञ्चलस्तरीय खेलाडी भए ।

तिनै जोडीमध्येका ४८ वर्षीय कार्की निरन्तर फुटबलमा लागिपरेका छन् । २०२८ सालमा बुबाको जागिरको सिलसिलामा भद्रपुरबाट बसाई सरेर कार्की पनि सँगै काँकरभिट्टा आएका थिए । उनी सानै उमेरदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे । घरमा होस् या स्कुलमा उनको ध्यान फुटबलमै हुन्थ्यो । त्यसबेला काँकरभिट्टामा भनेजस्तो फुटबल मैदान पनि थिएन । भन्सार परिसरमा रहेको मैदानमा गएर खेलेको सम्झना छ, कार्कीलाई अहिले पनि । पछि हालको काँकरभिट्टा उच्च माविको खेल मैदानलाई सम्याउन थालेपछि उनी पनि आफू भन्दा ठूलो मान्छेको साहरामा मैदान बनाउन तल्लीन भए । विद्यालय पढ्दा उनी फुटबलको पहिलो रोजाइमा पर्ने गर्थै ।

पढाइमा भन्दा फुटबलमा बढी ध्यान भएकाले पनि उनको खेलकौशल अत्यन्तै राम्रो थियो । जिल्ला तथा अञ्चलस्तरका खेलहरूमा सहभागिता जनाएर थुप्रै मेडल र ट्रफ्री ल्याएका उनी २०३५ सालमा नेपाल प्रहरीमा फुटबलकै माध्यमबाट जागिरे जीवन सुरु गरे । तर, एक वर्षपछि उनले जागिर छोडेर घर आए । २०४१ सालमा अखिल नेपाल फुटबल सङ्घमा प्रवेश गरेका थिए उनले । २०४४ सालबाट फुटबलको प्रशिक्षण गर्दै आएका कार्की सन् २००५ मा काठमाडौँमा २१ दिने फुटबल प्रशिक्षणको तालिम लिए । त्यसयता उनी निरन्तर फुटबल प्रशिक्षकको रुपमा रहेर काम गर्दै आएका छन् ।

फुटबलबाट कहिल्यै नथाक्ने कार्की फुटबल नै जीवन ठान्दछन् । ‘मेरो जीवन फुटबलमै बिताउँछु’, कुराकानीका व्रmममा कार्कीले भने–‘यतिका वर्ष त फुटबल भनेर हिँड्यो भने अब बाँकी जीवन पनि फुटबललाई नै दिन्छु ।’

काँकरभिट्टामा भएका सबै फुटबल खेलका साक्षी पनि हुन्, कार्की । उनी भविष्यमा फेरि थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्ने होडमा छन्, यतिबेला । आफूले भने जस्तो अवसर नपाए पनि अब आउँदा खेलाडीले यसबाट बञ्चित हुन नपरोस् भन्दै उनी आफूले तिनै बालबालिकाहरूलाई निखारपन ल्याउँदैछन् यसबेला । यस क्षेत्रका फुटबल पारखी हुन् या खेलाडी सबैले उनलाई दिपक गुरु भनेर बोलाउँछन् । उनलाई पनि आफूले सिकाएका चेलाले गुरु भनेको सुन्दा आनन्द हुने बताउँछन् । जीवनमा अरु केही गर्न नसके पनि यो माया पाएको उनको बुझाइ छ ।

२०४६ सालमा काँकरभिट्टाकी राधा प्रधानसँग प्रेम विवाह गरेका कार्कीको एक छोरा छन् । कार्कीले नाइटचेस क्लब काँकरभिट्टाको मुख्य प्रशिक्षक समेत भएर काम गरे । अहिले पनि उनको दैनिकी उही प्रशिक्षणमा बित्छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडीहरूलाई कार्की प्रशिक्षण दिँदै आएका छन् । सेन्टरले १४ वर्षमुनिका बालबालिकाहरूलाई फुटबलको टे«निङ दिँदै आएको हुन् ।

आफूले फुटबल खेल्दा जे जस्तो अवस्था भए पनि यतिबेला फुटबलमा राम्रो भविष्य बनेको बताउँछन् । ‘फुटबलमा पनि बाँच्न सकिन्छ’, विगतलाई सम्झँदै कार्की भन्छन्, ‘हाम्रो उमेरमा खेल्नु मात्र पथ्र्याे, तर अहिले यसैमा बाँच्न सकिन्छ ।’ उनी बालबालिकाहरूको सिक्ने उमेर नै सानैमा हुने भएकाले निरन्तर सिक्दै गयो भने सफलता प्राप्त गर्न सकिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: