फुटबलर हरि खड्का राखेप बोर्ड सदस्यमा नियुक्त

  प्रकाशित मिति
२३ आश्विन २०७७, शुक्रबार १६:२८


मेचीनगर, २३ असोज । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का राष्ट्रिय खेलकुद परिषद्–राखेपको बोर्ड सदस्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई प्रदेश–१ को प्रतिनिधिका रुपमा नियुक्त गरेको हो ।

लामो समय राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईको स्ट्राइकरका रुपमा मैदानमा देखिएका खड्का पछिल्लो समय पुलिस क्लबको प्रशिक्षक टोलीमा थिए ।

उनी महिला राष्ट्रिय टोलीको पूर्व प्रशिक्षक पनि हुन् । राखेप सदस्यमा नियुक्त भएकोमा खड्काले खुसी व्यक्त गरे ।

(देश सञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: