फूलमायाले गरिन् उद्घाटन

  प्रकाशित मिति
२ जेष्ठ २०७३, आईतवार १४:४३


surodaya 1 suryodayaविर्तामोड । नेपालकै प्रथम रिक्सा चालक फूलमाया धिमालले पत्रकारिता सम्बन्धी तालिमको आइतवार यहाँ उद्घाटन गरिन् ।

सूर्योदय टेलिभिजनले सुरु गरेको टेलिभिजिन पत्रकारिता तथा कार्यक्रम उत्पादन सम्बन्धी आधारभूत तालिमको उनले उद्घाटन गरेकी हुन् ।
हाल परीक्षण प्रसारणमा रहेको सूर्योदय टेलिभिजनले आफ्ना लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न १५ दिने तालिम सञ्चालन गरेको हो ।

स्पेशलिङ्क टिभी एन्ड मिडिया प्रालिद्वारा स्थापित सूर्योदय टेलिभिजन स्थानीय गतिविधिलाई विशेष प्राथमिकता दिने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको हो ।

कम्पनीका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन अवसरमा फूलमायाले पानसमा दीप प्रज्वलन गरेकी थिइन् ।
कार्यक्रमको प्रमुख अतिथि बनाइएकी फूलमायाको जीवनगाथा समेटिएको वृत्तचित्र पनि प्रदर्शन सो अवसरमा गरिएको थियो ।

आफ्नो मन्तव्यमा अध्यक्ष उप्रेतीले समाजमा लुकेर रहेका विषयबस्तुको उजागर गर्नु नै टेलिभिजनको लक्ष्य रहने बताए । उनले टेलिभिजनबाट अधिकमात्रामा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिने र समाचारमूलक कार्यक्रमलाई विस्तारै बढाइने जानकारी दिए ।

कम्पनीका प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले स्वागत गरेको कार्यक्रम टेलिभिजनका व्यवस्थापक यम बिमलीले सञ्चालन गरेका थिए ।
तालिममा ९० जनाले सहभागिता जनाउँदैछन् । तालिममा कान्तिपुर टिभीका दिलभूषण पाठक, न्यूज ट्वान्टीफोरका प्रेम बानियाँ, एवीसी टेलिभिजनका शारदा थापा, स्वागत नेपाल, धर्म ढकाल, हरि सिटौला, यज्ञ शर्मा लगायतले प्रशिक्षण दिने भएका छन् ।

कार्यक्रममा पत्रकारका विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका गणेश पोखरेल, कुमार भट्टराई, कृष्ण हुमागाइँ, एकराज गिरी, मुक्ति पौडेल, लीला अनमोल, डम्बर बस्नेत, केशव भट्टराईसहित बलराम कार्की, रजनी बजगाइँ र सुभाष भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: