फेरि विमान दुर्घटना, चालकको मृत्यु

  प्रकाशित मिति
१४ फाल्गुन २०७२, शुक्रबार ०९:४५


plane

काठमाडौँ, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।

जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको छ । घटनाको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिए ।

कटुवालकाअनुसार दुर्घटनामा नाम नखुलेको चालकको मृत्यु भएको छ र अर्का एक जनाको अवस्था गम्भीर छ । यो दुर्घटनामा एक बालकसहित अन्य नौजना घाइते भएको बताइएको छ ।

घाइतेको स्वास्थ्य चौकी चिलखायामा उपचार भइरहेको छ । हवाईजहाजको अगाडिको भाग क्षतविक्षत भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: