मेचीनगर । मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेसनलले आयोजना गरेको फेशन मोडल अवार्डमा मोफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् ।
आगामी साउन २३ गते काठमाडौमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पर्न सफल भएका हुन् ।
उनले बिगत पाँच बर्षदेखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका छन् ।
अवार्ड जित्नका लागि उनले भोटको अपिल गरेका छन् । जसका लागि मोवाइलमार्फत PN<Space>33A<Space>33001 मा पठाउनु पर्ने हुन्छ ।
सो फेशन एन्ड मोडल अवार्डको नोमिनेशनमा पुर्व मिस नेपालहरु सुगरिका केसी, माल्भिका सुब्बा, मिस्टर मोडल अफ दी वल्र्ड दिक्पाल कार्की सहित अन्य चर्चित व्यक्तिहरुको नाम समावेश छ ।
टप फाइब कोरियोग्राफरमा पर्दै नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् ।
उनी प्रबन्ध निर्देशक रहेको कम्पनी डिम्स वल्र्ड इन्टरटेन्टमेन्ट समेत मोफसलको टप फाइब इभेन्ट म्यानेजमेन्ट कम्पनी बन्दै नोमिनेशनमा परेको छ ।
पुडासैनी सञ्चारकर्मी समेत हुन् ।